coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

भूकम्पपीडितकाे संयुक्त लालपुर्जा

रसुवा – भूकम्पका कारण जोखिममा परेका ७९ प्रतिशत प्रभावितले संयुक्त लालपुर्जा बनाएका छन्। घर बनाउन नयाँ स्थानमा घडेरी खरिद गरेका ती परिवारले संयुक्त लालपुर्जा बनाएका हुन्। जिल्ला आयोजना कार्यान्वयन एकाइ, रसुवाका अनुसार जिल्लामा चार सय १६ परिवारका लागि सुरक्षित स्थानमा जग्गा खरिद गरिसकिएको छ।

खरिद गरिएको जग्गामा तीन सय २९ परिवारका संयुक्त, ६० परिवारका पुरुष र २७ परिवारका महिलाको स्वामित्व छ। जिल्लाका उत्तरगया गाउँपालिकाका एक सय ८५, आमाछोदिङ्मोका ९४, नौकुण्डका ३४, कालिका र गोसाइँकुण्डका आठ÷आठ परिवारले संयुक्त पुर्जा बनाएको जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको छ। उत्तरगयाका ६ सय ३२ मध्ये दुई सय १७, आमाछोदिङ्मोका दुई सय ११ मध्ये एक सय ३२, नौकुण्डका एक सय २६ मध्ये ४०, कालिकाका २६ मध्ये १४ र गोसाइँकुण्डका २० मध्ये १३ परिवारले जग्गा पाएका छन्।

जिल्लाका २९ बस्तीका एक हजार १५ परिवार जोखिम क्षेत्रमा परेका थिए। जिल्लामा पर्याप्त जग्गा नहुँदा बस्ती स्थानान्तरणमा समस्या आएको दिगो समाधान कार्याक्रम, रसुवाका संयोजक विश्वास नेपालीले बताए। 

प्रकाशित: १५ पुस २०७५ ०१:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App