८ वैशाख २०८१ शनिबार
समाज

मुसहर परिवारलाई विद्यार्थीले दिए न्यानो कपडा

सर्लाही–विपन्न मुसहर परिवारलाई ओड्ने ब्लांकेट तथा बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । न्यानो कपडाको अभावले जाडोले कष्टकर दैनिकी गुजार्दै आएका जिल्लाको दक्षिणी क्षेत्र स्थित चक्रघट्टा गाउँपालिका–७ पटेर्वाका मुसहर बस्तीमा शनिवार विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी युनियनले ब्लांकेट र लगाउने न्यानो कपडा वितरण गरेको हो।

 अनेरास्ववियु केन्द्रीय सचिव एवं प्रदेश नं. २ इन्चार्ज आरती लामाले ४० मुसहर परिवारलाई जाडोबाट बच्न सहयोग पुगोस् भन्ने उद्धेश्यले  एक–एक थान ब्लाङ्केट तथा बालबालिकाका लागि लगाउने न्यानो कपडा वितरण गरिएको बताईन्। ओड्ने तथा बालबालिकाका लागि लगाउने न्यानो कपडा पाएपछि  मुसहर समुदाय हर्षित भएका छन्।

जाडोे बढेपछि मुसहर परिवारले पराल ओछ्याएर रात कटाउने गरेका थिए। आगो ताप्ने दाउरा र न्यानो कपडा नहुदाँ आपूmहरुले जाडोयाममा निकै कष्ट भोग्दै आएको र न्यानो कपडा पाएपछि निकै राहत पुगेको स्थानीय ईन्दल माँझीले बताए।

 प्रवासी मञ्च अमेरिकाको सहयोगमा चक्रघट्टा गाउँपालिकाको पटेर्वा, बेल्ही, हरिवन नगरपालिकाको घुर्कौलीमा चेतना संदेश नेपालद्वारा संचालित द्वन्द्व पीडित बालगृह र लालबन्दी नगरपालिकाको पत्थरकोटमा १७३ थान ब्लांकेट र केही न्यानो कपडा बितरण गरिएको लामाले बताईन् ।

प्रकाशित: १४ पुस २०७५ १२:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App