६ वैशाख २०८१ बिहीबार
प्रवास

'ब्युटिफुल उमन अफ बहराईन' को ताज नेपाली चेलीलाई

युएई -बहराइनको चर्चित म्यागेजिन बहाराइन कन्फिडेन्टलले आयोजना गरेको  व्युटिफुल उमन अफ बहराइनमा भाग लिएकी नेपालकी इन्दिरा क्षेत्रि विजय भएकी छन।

 पर्वत जिल्ला हुवास ३  हातेमालो चोक घर भएकी इन्दिराले विभिन्न देशका प्रतिस्पर्धीलाई पछि पार्दै विजयी भएकी हुन्।  बिहीबार भएको फाईनलमा सबै भन्दा धेरै भोट ९,९५७ ल्याए पछि बहराईन कन्फिडेन्टलले इन्दिरालाई विजयी घोषणा गरेको हो ।

आमा नैना कुमारी क्षेत्रि र बाबा टिका बहादुर क्षेत्रीकी कान्छि छोरी रहेकी ईन्दिरा रोजगारीको शिलशिलामा विगत आठ बर्ष पहिले बहराईन पुगेकी थिईन। बहराइनमा  सामाजिक कार्यमा सक्रिय उनी विभिन्न संघ संस्थामा आबद्द छन्। 

अन्तराष्ट्रीय स्तरको कार्यक्रममा बहराईनमा भाग लिएकी इन्दिराले नागरीकसंग भनिन् यो जित मेरो नभई नेपाल र नेपालीको  हो। उनले आफुलाई जिताउन भोट गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरेकी छन्। 

 

प्रकाशित: १४ आश्विन २०७३ १३:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App