१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भाेजपुरमा बस दुर्घटना, एककाे मृत्यु

भोजपुर - भोजपुर नगरपालिका –६ देउरालीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा ८ जना घाइते भएका प्रहरीले जनाएको छ।

भोजपुरको अरुण गाउँपालिका –३ प्याउली वस्ने ५० वर्षीय हेम कुमारी कार्कीको घटनास्थलमै मृत्यु भएको हो। भोजपुर वसपार्कबाट धरानको लागि १८ जना यात्रु लिएर शनिबार विहान ११ वजे छुटेको को १ ख ३०५९ नम्वरको बस व्रेकफेल भई अनियन्त्रित भएर सडकमा पल्टिएको हो। घाइतेहरुको जिल्ला अस्पाल भोजपुर शिद्धकाली हस्पिटलमा उपचार भइरहेको छ। घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीको बताएको छ।

प्रकाशित: १४ पुस २०७५ ०८:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App