७ वैशाख २०८१ शुक्रबार
समाज

हिउँमा खेल्न दाेलखा पुगे पर्यटक

चरिकाेट - दोलखाको उच्च भूभागमा हिमपात भएको छ। जिल्लाको पर्यटकीय क्षेत्र कालिञ्चोक, कुरीबजार, खरीढुङ्गा, जिरीबजार, शैलुङडाँडा, च्योर्दुङलगायत उच्च पहाडी भागमा बिहिबार हिमपात भएको हो । 

हिमपातसँगै वर्षा भई चिसो बढेका कारण जनजीवन प्रभावित बनेको छ। जिल्लाको उच्च भागमा बसोबास गर्दै आएका तथा भूकम्पका कारण घर क्षति भई अस्थायी बसोबास गर्दै आएकाको जनजीवन कष्टकर बनेको छ । हिमपात भएसँगै हिउँ खेल्न आन्तरिक पर्यटकको चहलपहलसमेत बढेको छ । काठमाडाैंबाट नजिकको दूरीमा रहेकाे दोलखा आई हिउँसँग खेल्न बाहिरबाट पर्यटक आउने हुँदा जिल्लाको होटल व्यवसायी खुशी भएका होटल सङ्घ दोलखाका अध्यक्ष सन्तोष पाठकले बताए। 

दोलखको कालिञ्चोक र कुरीबजारमा अहिले हजारौँको सङ्ख्यामा हिउँ खेल्न पर्यटक पुगेका र कुरीका सबै होटल भरिएको होटल सुनपातीका सञ्चालक हरि ओलीले बताए। रासस 
 

प्रकाशित: १४ पुस २०७५ ०५:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App