प्रहरी निगरानीमा बम्जन

शनिबार, १४ पुष २०७५, ०६ : ५९ टपेन्द्र कार्की

काठमाडौं – ‘लिटिल बुद्ध’ भनेर चिनिने रामबहादुर बम्जनको गतिविधिबारे जानकारी गराउन गृह मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। मन्त्रालयले बारा, मकवानपुर, सर्लाही, सिन्धुपाल्चोक, सिन्धुली, लमजुङका प्रमुख जिल्ला अधिकारीलाई उनको गतिविधिबारे जानकारी गराउन निर्देशन दिएको हो।

मन्त्रालय स्रोतका अनुसार उनले व्यक्ति बेपत्ता बनाएको समाचार आएपछि चासो व्यक्त गर्दै उनको आश्रम रहेका जिल्लाका प्रजिअलाई गतिविधिबारे जानकारी गराउन निर्देशन दिएको हो। प्रहरीले बम्जनका आश्रम सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, बारा, लमजुङ र सर्लाहीमा रहेको जानकारी दिएपछि मन्त्रालयले सो निर्देशन दिएको स्रोतले जनाएको छ। मकवानपुरमा उनीविरुद्ध ३० वर्षीया फूलमाया रुम्बा र ५१ वर्षीय सञ्चलाल वाइबालाई बेपत्ता बनाएको उजुरी परेको छ।

बम्जनको आश्रमबाट केही व्यक्ति बेपत्ता भएको तथा केही आनी यौन दुव्र्यवहारमा परेको समाचार आएपछि पीडितका आफन्तले प्रहीमा उजुरी गरेका थिए। सोही आधारमा प्रहरीसमेत उनको खोजीका लागि परिचालन भएको छ। मन्त्रालयका प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीले मिडियामा समाचार आएको र बम्जनविरुद्ध प्रहरीमा उजुरीसमेत परेका कारण उनको विषयमा थप कुरा जान्न खोजेको बताए।

‘पीडितका केही आफन्तले मकवानपुर र बारा जिल्ला प्रहरी कार्यालयमा बम्जनविरुद्ध उजुरी गरेका छन्। प्रहरीमा उजुरी आएपछि हामीले ६ जिल्लाका प्रहरी कार्यालयलाई पक्राउ गरी अनुसन्धान गर्न निर्देशन दिइसकेका छौं।’ –उत्तम सुवेदी, प्रहरी प्रवक्ता

‘लिटिल बुद्ध भनेर प्रचारित छन्। उनका विषयमा केही समाचार बाहिर आएपछि के हो सत्य भनेर बुझ्नु राज्यको दायित्व हो। त्यसकारण सम्बन्धित स्थानबाट जानकारी लिन खोजिरहेका छौं’, सुवेदीले भने।

प्रहरी प्रधान कार्यालयले पनि उनको खोजी गरिरहेको छ। ‘पीडितका केही आफन्तले मकवानपुर र बारा जिल्ला प्रहरी कार्यालयमा बम्जनविरुद्ध उजुरी गरेका छन्। प्रहरीमा उजुरी आएपछि हामीले ६ जिल्लाका प्रहरी कार्यालयलाई बम्जन पक्राउ गरी अनुसन्धान गर्न निर्देशन दिइसकेका छौं,’ प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तम सुवेदीले भने।

उनका अनुसार समाचारमा आएको विषय र उजुरी आधार मानेर पक्राउ गर्न लागिएको हो। प्रहरी सूचनाअनुसार बम्जन यतिबेला सिन्धुलीको आश्रममा छन्। ‘सिन्धुलीमा रहेको भन्ने हामीलाई सूचना छ। त्यहाँको प्रहरीलाई विशेष निगरानी गर्न भनेका छौं’, सुवेदीले भने। उनका अनुसार बम्जन भाग्ने नाकामा प्रहरी परिचालन गरिएको छ।

‘उनीविरुद्ध गम्भीर प्रकृतिका उजुरी परेका छन्। बम्जन सामान्य मानिस मात्र होइनन्, उनलाई लिटिल बुद्धका रूपमा समेत प्रचारित गरेका कारण उनीविरुद्ध परेका उजुरीका विषयमा अनुसन्धान जरुरी छ। त्यसकारण पक्राउका लागि प्रधान कार्यालयले सम्बन्धित प्रहरी कार्यालयलाई निर्देशन दिइसकेको छ’, एसएसपी सुवेदीले भने।

गत भदौमा ललितपुरस्थित एक सामुदायिक रेडियो कार्यालयमा १८ वर्षीय गंगामाया तामाङले पत्रकार सम्मेलन गरी बम्जनले आफूलाई बलात्कार गरेको आरोप लगाएकी थिइन्। त्यसपछि बम्जनविरुद्ध थप उजुरी परेका समाचार आएका छन्।

पीडित परिवारले राजधानीमा शुक्रबार पत्रकार सम्मेलन गर्दै बम्जनको आश्रमबाट बेपत्ता भएकाको खोजी गर्न माग गरेका छन्। नुवाकोट म्यगङ गाउँपालिका–३ देउरालीकी चिनीमाया तामाङ ६ वर्षदेखि बेपत्ता भएको उनकी दिदी गंगामायाले बताइन्। ‘मेरी साहिँली बहिनी बेपत्ता भएको ६ वर्ष भयो। बहिनी मरेको भए लास पाऊँ, बाँचेको भए भेट्न पाऊँ,’ उनले भनिन्। चिनीमाया तामाङ सुरुमा सिन्धुलीको आश्रममा गएको र २०६९ सालदेखि बेपत्ता भएको उनले बताइन्। बाराको हलखोरियामा आनी बन्न गएकी हेटौंडा–१६ की पासाङ भनिने फूलमाया रुम्बा २०७१ सालदेखि हराएको बताइएको छ।

मकवानपुरको पदमपोखरी वनस्पतिका महेन्द्र वाइबाका बुबा पनि बम्जनकै आश्रमबाट बेपत्ता भएको उनका छोरा महेन्द्रको दाबी छ। बम्जनपीडित परिवार सबैले आश्रममा गएका आफन्तलाई बेपत्ता पारेको, अभद्र व्यवहार गरेको, सम्पर्क गर्न नदिएको लगायतका आरोप लगाएका छन्।

यसअघि सन् २०१० मा उनी र उनका अनुयायीमाथि १७ जना सर्वसाधारणलाई कुटपिट गरेको आरोप लागेको थियो। सन् २०१२ मा बम्जनले बन्धक बनाएको स्लोभाककी एक महिलालाई दुई महिनापछि प्रहरीले मुक्त गरेको थियो।

यसअघि सिन्धुली कुशेश्वर दुम्जा स्थायी घर भई दक्षिणकाली नगरपालिका–१ चाल्नाखेलमा गुम्बा चलाएर बसेका गुरु रिम्पोछे छुल्ठिम दोर्जे यान्तान टुल्कु लामा पनि यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका थिए। रिम्पोछे छुल्ठिमलाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो। हाल उनी महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा जेल सजाय भोगिरहेका छन्।





यसमा तपाईको मत

अन्य समाचार

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा रिंगटोन बनाउनका लागि केही साना तर झन्झटिला कार्यहरू गर्नु पर्ने हुन्छ | यस लेखबाट आइफोनमा आफूलाई मन लागेको गीतलाई...

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैन्डले ‘मेगा मनसुन फ्री चेकअप क्याम्प’ सञ्चालनमा ल्याएको छ । ...

नेपाल इन्भेस्टमेन्ट बैंकद्वारा जेबिल्स फाइनान्स लि. प्राप्ती

नेपाल इन्भेस्टमेन्ट बैंकद्वारा जेबिल्स फाइनान्स लि. प्राप्ती

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (NIBL)ले जेबिल्स फाइनान्स लिमिटेडको सफल प्राप्ति पश्चात आफ्नो संयुक्त कारोबार प्रारम्भ गरेको छ। ...

हराएको कुकुर नाकको प्रिन्टबाट भेटाउने एप

हराएको कुकुर नाकको प्रिन्टबाट भेटाउने एप

हरेक मानिसको फिंगरप्रिन्ट बेग्ला बेग्लै भएजस्तै कुकुरको पनि नाकको छाप बेग्ला बेग्लै हुनेगर्दछ । ...

ईक्यानको शैक्षिक मेला ६० हजारद्वारा अवलोकन (भिडियो)

ईक्यानको शैक्षिक मेला ६० हजारद्वारा अवलोकन (भिडियो)

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आयोजनामा शैक्षिक मेला सम्पन्न भएको छ। इक्यान शैक्षिक मेलाको १३ औ संस्करणलाई साठी...

म्याक ल्युब्रिकेन्टस्को डिलर मिट सम्पन्न

म्याक ल्युब्रिकेन्टस्को डिलर मिट सम्पन्न

सिप्रदी ट्रेडिङ्ग प्रा. लि तथा भारत पेट्रोलियमले काठमाडौंको हायात होटलमा म्याक ल्युब्रिकेन्टस्को डिलर मिट २०१९ कार्यक्रम सम्पन्न गरेको छ। ...

तीन वटा देशबाट मेगा बैंकको ‘मेगा रेमीट’ सेवा

तीन वटा देशबाट मेगा बैंकको ‘मेगा रेमीट’ सेवा

हङकङ, युएई र जोर्डनमा मेगा रेमीटको सञ्जाल विस्तार गरिएको हो। ...

ज्योति लाईफ इन्स्योरेन्सको “ज्योति केयर्स”

ज्योति लाईफ इन्स्योरेन्सको “ज्योति केयर्स”

जीवन बीमा सेवाको अतिरिक्त अन्य सेवासुविधा विस्तार गरी ग्राहकसेवा केन्द्रित योजना संचालन गर्ने क्रममा ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लि. ले...

Ncell Footer Ad