४ वैशाख २०८१ मंगलबार
समाज

पाटेबाघको छालासहित ४ पक्राउ

मकवानपुर - संरक्षित जंगली बन्यजन्तु पाटेबाघको छालासहित मकवानपुर प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गरी बाघको छालासहित पक्राउ परेकालाई सार्वजनिक गरेको हो।

आठ फिट छ ईन्च लम्बाई र एक फिट दश ईन्च चौडाई रहेको बाघको पुरै छालासहित उनीहरु पक्राउ परेका हुन्। पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका ८ का ३० वर्षीय  दीलबहादुर घलान, ३२ वर्षीय आत्माराम घलान, ३० वर्षीय  गोमलाल थिङ र धादिङको गजुरी गाउँपालिका ८ सानोबाईका २७ वर्षीय दीलबहादुर तामाङ रहेका छन्।

मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका ३ दोबाटोस्थित सडकमा बाघको छालाको कारोबार गर्ने क्रममा बिहीबार साँझ उनीहरुलाइ पक्राऊ गरिएको मकवानपुरका प्रहरी नायव उपरिक्षक एवम् प्रवक्ता यज्ञप्रसाद भट्टराईले बताए। उनका अनुसार थाहा नगरपालिकाको पालुङ्ग बजारमा बाघको छालाको कारोबार हुँदै गरेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी टोलीले उनीहरुलाई छालासहित पक्राउ गरेको हो। बाघको छालासहित पक्राउ परेका चारै जनालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय, हेटौंडा पठाईएको छ ।

डिभिजन बन कार्यालय मकवानपुरका सहायक बन अधिकृत विशाल भट्टराईका अनुसार पक्राउ परेकाहरुमाथि राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार पाँच लाखदेखि दश लाख रुपैयाँसम्म जरिवाना वा पाँच बर्षदेखि १५ बर्षसम्म कैद वा दुबै सजाय हुने बताए।

प्रकाशित: १३ पुस २०७५ १३:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App