गगन बोल्दै गर्दा सभामुखले माइकको लाइन काटेपछि...

शुक्रबार, १३ पुष २०७५, १५ : ५६ नागरिक

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं सांसद गगन थापाले सम्बोधन गरिरहँदा सभामुख कृष्ण बहादुर महराले निर्धारित समयअगावै माइक काटेकाे भन्दै कांग्रेसले आपत्ति जनाएको छ।

प्रतिनिधिसभाको शुक्रवारको बैठकमा विशेष समयमा धारणा राख्ने क्रम चलिरहेकाे थियो। पालो आयो नेपाली कांग्रेसका सांसद थापाको। उनी माइक समातेर बोल्न थाले। कर्मचारी समायाेजन अध्यादेश विभेदकारी रहेको भन्दै फिर्ता लिन  उनले सुझाव दिइरहेका थिए।

उनी २ मिनेट ३१ सेकेण्ड बोलिसक्दा माइकको लाइन काटियो। माइक काटिएको ५ सेकेण्डसम्म बोलेर गगन रोकिए। त्यसपछि सभामुखले नेकपाका सांसद नरबहादुर धामीलाई ३ मिनेटको समयसहित बोल्न दिए। धामी बोलिरहँदा गगन आफ्नो सीटबाट उठेर पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँड बसिरहेको ठाउँमा पुगेर निर्धारित समय अगावै माइकको लाइन काटिएको गुनासो गरे। यसमा सभामुखको ध्यानाकर्षण गराउन उनले आग्रह गरे।

सांसद धामी बोलिसकेपछि सभामुखले बोल्नका लागि तेजुलाल चौधरीलाई समय दिए, तर प्रमुख सचेतक एवं सांसद खाँडले आफ्नो सांसदको निर्धारित समयअघि नै माइकको लाइन काटिएको भन्दै उठेर नियमापत्ति जनाए। खाँडले भने, ‘घडी विग्रिएछ, भर्खरै पूर्ववक्ता माननीय ज्यूहरुलाई निर्धारण गरिएको समयभन्दा पहिले नै लाइन काटियो। त्यसकारण माननीयज्यूहरुले आफ्नो कुरा राख्ने क्रममा पूर्वतयारी गर्नुहुन्छ, त्यसअन्तर्गत आफ्ना कुरा राख्न पाइएन। सभामुखले जवाफमा भने, ‘निर्धारित समयभन्दा ३० सेकेण्ड बढी बोल्नुभयो। हाम्रो रेकर्डमा।’ त्यसपछि खाँडले भने, ‘त्यही त घडी विग्रिएछ के अलि, यतापट्टी ध्यान जाओस।’ फेरि सभामुखले भने समय साढे ४ मिनेट हो। माननीय सदस्यले उठाएका प्रश्न म्यानेजमेन्टको प्रश्न हो। हाम्रो ध्यानाकर्षण भएको छ।’

संसदमा भएको यो घटनाबारे कांग्रेस सचेतक पुष्पा भुसालले कांग्रेसलाई बोल्नका लागि ६ मिनेट समय छुट्याएको तर बोल्न थालेपछि २ मिनेट ३१ सेकेण्डमा सभामुखले माइक काटेको बताइन। ‘किन यसरी थोरै समय दिएको भनेर प्रमुख सचेतक खाँडले नियमापत्ति जनाउनुभएको हो’, उनले नागरिकसँग भनिन।







यसमा तपाईको मत

अन्य समाचार

यती एअरलाईन्सले ‘कार्बन न्यूट्रल’ एअरलाइन्समा विधुतिय भ्यानको प्रयोग सुरु

यती एअरलाईन्सले ‘कार्बन न्यूट्रल’ एअरलाइन्समा विधुतिय भ्यानको प्रयोग सुरु

नेपालको पहिलो र एक मात्र ‘कार्बन न्यूट्रल’ एअरलाइन्स, यती एअरलाईन्सले काठमाण्डौं  विमानस्थल परिसरमा विधुतिय भ्यानको प्रयोग सुरु गरेर वातावरण संरक्षणप्रति...

सामसङ्ग डिलर्स समिट २०१९ सम्पन्न

सामसङ्ग डिलर्स समिट २०१९ सम्पन्न

सामसङ्ग प्रडक्टको नेपालका लागि अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रा. लि. डिलर्स समिट २०१९ भव्यताको साथ सम्पन्न भएको छ । ...

अब कृषिजन्य वस्तुमा नेपाली परिक्षणलाई समेत मान्यता दिने

अब कृषिजन्य वस्तुमा नेपाली परिक्षणलाई समेत मान्यता दिने

नेपाल र भारतको खाद्य प्रयोगशालाको परीक्षण प्रतिवेदनलाई दुबै देशले मान्यता दिने सहमति गरेका छन्। ...

रिचार्जरको अफर भित्र पनि अफरसँगै ग्याजेट्स मेला

रिचार्जरको अफर भित्र पनि अफरसँगै ग्याजेट्स मेला

मोबाइल एप रिचार्जरले मोबाइल एपको नयाँ भर्सन सार्वजनिक गरेको छ। ...

पुँजीबजार ११ बिन्दुले ओरालो

पुँजीबजार ११ बिन्दुले ओरालो

पुँजीबजार यो साता पनि ओरालो लागेको छ । ...

पालुङ बजारमा सिन्धु विकास बैंक

पालुङ बजारमा सिन्धु विकास बैंक

सिन्धु विकास बैंकले मकवानपुरको पालुङ बजारमा शाखा विस्तार गरेको छ । ...

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सले ललितपुरको ग्वार्कोमा शाखा र काठमाडौंको जोरपाटीस्थित स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाको भवनमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

स्वस्तिमा खड्का र प्रदीप खड्कालाई टिभिएस एनटर्क १२५ को ब्रान्ड एम्बेसेडर अनुमोदन गरेको छ । ...

Ncell Footer Ad