नेकपा स्थायी समिति बैठक सकियो, अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन पारित

शुक्रबार, १३ पुष २०७५, १४ : १३ नागरिक

काठमाडाैं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक अध्यक्षद्वय को संयुक्त राजनीतिक प्रतिवेदन परिमार्जन सहित पारित गर्दै शुक्रवार सकिएको छ। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले गत साता संयुक्त प्रतिवेदन स्थायी समितिमा पेस गरेका थिए।

नेकपाको धुम्बाराही स्थित केन्द्रीय कार्यालयमा वसेको बैठकले नेताहरुले दिएका सुझावहरुलाई समेटेको नेता सुवास नेम्वाङले नागरिक अनलाइनलाई जानकारी गराए। चाँडै यो प्रतिवेदनलाई नेकपाको सचिवालयले अन्तिम रुप दिने नेता नेम्वाङको भनाई छ।

शुक्रवारको बैठकमा नेकपा अध्यक्ष ओलीले विवादित बनेका विषयहरु, पार्टीभित्र एक व्यक्ति एक पद, एसिया प्यासिफिक बैठकमा सरकारको कमजोर प्रस्तुतिवारे आफ्नो धारणा राखेका थिए। स्थायी समितिमा पार्टीका नेता बामदेव गौतमले अध्यक्षद्वयको प्रतिवेदनमा असहमति जनाउँदै बैकल्पिक प्रतिवेदन पेश गरेका थिए। पार्टीका नेताहरु भीम रावल, घनश्याम भुसालले समेत अध्यक्षद्वयको प्रतिवेदनमाथि प्रश्न उठाएका थिए। नेकपाको नेतृत्वमाथि पार्टी तथा सरकार सञ्चालनका सम्वन्धमा धेरै कमिकमजोरी भएको भनि स्थायी समिति सदस्यहरुले आक्रोश पोखेका थिए। 

स्थायी समिति बैठकले पुस महिनासम्म पार्टी संगठनहरुको एकीकरणको काम सक्न कार्यदल गठन गरेको छ। कार्यदलमा महासचिव विष्णु पौडेल, रामबहादुर थापा, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, वर्षमान पुन, शंकर पोखरेल, बेदुराम भुसाल र लेखराज भट्ट सदस्य रहेका छन। कार्यदलको प्रस्तावका आधारमा यो महिना भित्रै बस्ने अर्को स्थायी समिति बैठकले संगठनात्मक काम सक्ने नेता नेम्वाङले जानकारी दिए।  

 





यसमा तपाईको मत

अन्य समाचार

माछापुच्छ्रे बैंकको स्मार्ट बचत खातामा थप बीमा सुबिधा

माछापुच्छ्रे बैंकको स्मार्ट बचत खातामा थप बीमा सुबिधा

माछापुच्छ्र्रे बैंकले स्मार्ट बचत खाता खोल्ने ग्राहकहरुलाई १० लाख सम्मको दुर्घटना बीमाको साथमा १८ जटिल प्रकृतिका रोगहरुको उपचारमा ३ लाख...

साधनाको एकीकृत कारोबार सुरु

साधनाको एकीकृत कारोबार सुरु

साधना लघुवित्त वित्तिय संस्थाले आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थालाई प्राप्त गरी साधना लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार प्रारम्भ गरेको...

बजार खुल्दा किन्नेको भिड

बजार खुल्दा किन्नेको भिड

साताको दुई दिन लगातार बढेको नेप्से परिसूचक तेस्रो दिन मंगलबार पनि बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार...

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसी फाइनान्स र ब्लुक्रस हस्पिटलको संयुक्त आयोजनामा विविध कार्यक्रम सञ्चालन भएको छ । ...

देवःको एकीकृत कारोबार सुरु

देवःको एकीकृत कारोबार सुरु

देवः विकास बैंकले वेस्टर्न डेभलपमेन्ट बैंक प्राप्त गरी एकीकृत कारोबार प्रारम्भ गरेको छ । ...

पानीमा कोकको सहयोग

पानीमा कोकको सहयोग

स्मार्ट पानी कम्पनीले बोर्टलस नेपालको सहयोगमा वर्षात्मा परेको पानी जम्मा गर्ने प्रणाली र जमिनमुनिको पानी रिचार्ज गर्ने प्रविधि कान्ति बाल...

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा रिंगटोन बनाउनका लागि केही साना तर झन्झटिला कार्यहरू गर्नु पर्ने हुन्छ | यस लेखबाट आइफोनमा आफूलाई मन लागेको गीतलाई...

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैन्डले ‘मेगा मनसुन फ्री चेकअप क्याम्प’ सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad