६ वैशाख २०८१ बिहीबार
समाज

बालिकामाथि जवरजस्ती आरोपमा बृद्ध पक्राउ

उदयपुर - एक बालिकामाथि जवरजस्ती गरेको आरोपमा उदयपुर प्रहरीले एक बृद्धलाई पक्राउ गरेको छ। बिहीबार साँझ ५ः०० बजे तिर स्थानीय १३ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा त्रियुगा नगरपालिका १३ असारीका ६५ वर्षीय एक बृद्ध पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

घरमा एक्लै भएका बेला बालिकामाथि दनुवारले ललाई फकाई नजिकै त्रियुगा खोलामा लगेर जवरजस्ती गर्न खोजेको भन्दै बालिकाका अभिभाबकले राति ८ः०० बजे दिएको मौखिक उजुरीका आधारमा दनुवारलाई तत्काल टोली खटाई नियन्त्रणमा लिएर अनुन्धान थालेको जिल्ला प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले बताए ।

      बालिका र बृद्धको जिल्ला अस्पताल उदयपुरमा स्वास्थ्य परीक्षण गराइएको छ । अस्पतालको रिपोर्टले घट्ना पुष्टि गरेको पाइए कानुन बमोजिम कारबाही हुने एसपी राईले बताएका छन्।

प्रकाशित: १३ पुस २०७५ ०७:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App