coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ट्याक्टर दुर्घटनामा १ काे मृत्यु

रुकुम – रुकुम (पूर्व)मा हिउँमा चिप्लीएर ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। रा १ त १६९४ नम्बरको ट्याक्टर गाउँपालिका–१२ गरखानीमा दुर्घटना हुँदा जिल्लाको भुमे गाउँपालिका–१ का १८ वर्षीय किसमत गुरुङ्गको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)ले जानकारी दिएको छ।

पुथा उत्तरगंगा गाउँपालिकाको तकसेराबाट कोलतर्फ किराना सामान लिएर जाँदै गर्दा सडकमा हिउँ परेका कारण चिप्लीएर बिहीबार राती दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक लोकनाथ तिम्सिनाले जानकारी दिए। तर मृतकको शव भने शुक्रबार बिहान मात्र फेला पारेको उनले बताए।

दुर्घटनामा परेर अर्का एक जना घाइते भएका छन्। रुकुम (पश्चिम) आठवीसकोट नगरपालिका–८ का २५ वर्षीय दिलिप विक घाइते भएको उनले बताए। घाइते विकको सल्ले अस्पतालमा उपचार भइरहेको छ। ट्याक्टर सडकबाट करिब १८ सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ। चालक फरार रहेको र खोजी कार्य जारी रहेको डिएसपी तिम्सिनाले जनाए।

प्रकाशित: १३ पुस २०७५ ०६:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App