७ वैशाख २०८१ शुक्रबार
समाज

हुम्ला र मनाङमा भारी हिमपात, तापक्रम माइनस २० डिग्री

हुम्लामा परेकाे हिमपात

हुम्ला - चिसो बढेसँगै हुम्लामा हिमपात शुरु भएको छ। भारी हिमपातका करण यहाँकाे जनजीवन प्रभावित बनेकाे छ। जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार बिहीबारदेखि भएकाे हिमपातले तापक्रम मानइनस १२ डिग्री पुगेकाे छ। प्रहरीले चिसाेका कारण हालसम्म मनाविय क्षति नभएपनि जनजीवन अस्तब्यस्त बनेकाे बताएकाे छ।

त्यस्तै मनाङमा पनि हिमपात शुरु भएको छ। जिल्लाको माथिल्लो भेग खांसार, भीमताङ, गुवाल,मनाङगाउँलगायत ठाउँमा बाक्लो हिउँ परेको छ। अन्य भूभागमा भने पातलो परेको हिउँ परेको छ। लामो समयसम्म आकाशमा आकाश बादल लाग्नुका साथै तापक्रम पनि निकै घटेको हाे।

प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले भने,“बिहीबार बिहानदेखि यहाँको मौसममा खराबी देखियो। हिमालको वरिपरि कालो बादल लागेको र हावाहुरी आउनाका साथै हिमपात भएर तापक्रम पनि माइनस २० डिग्री सेल्सियस पुगेको छ।”

हिजो दिउँसो करीब १ बजेबाट शुरु भएको हिमपात बिहान ७ बजे रोकिएको माथिल्लो मनाङका गोरे गुरुङले बताए। हिमपातले जनमानसमा कुनै असर भने नगरेपनि चिसो भने बढेको छ। अहिले भने हिमपात रोकिएको छ। झन्डै १८ घण्टा निरन्तर हिमपात भएको थियो। जल तथा मौसमविद् बरुण गौडेलका अनुसार आज दिनभर मौसममा बदली हुने, साँझपख पुनः हिमपात हुनसक्ने र भोलिबाट मौसममा सुधार आउने सम्भाबना देखिन्छ।

प्रकाशित: १३ पुस २०७५ ०५:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App