coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

बजारमा खान अयोग्य मासु बिक्री, बजार अनुगमन बढाइयो

खान अयोग्य मासु नष्ट गरिदै।

नेपालगन्ज–नेपालगन्ज उपमहानगर क्षेत्रका अधिकांश मासु पसलले न्युनतम मापदण्ड पनि पूरा नगरेको पाइएको छ । जिल्ला प्रशासन, पशु सेवा, वाणिज्य, नेपालगन्ज उपमहानगरपालिका लगायत सरकारी निकायको संयुक्त टोलीले शुक्रबार अनुगमन गर्दा यस्तो तथ्य फेला परेको हो ।

उपमहानगरपालिकाको बाँके बगिया, फुलटेक्रा रोड, दैलेखी बंगला, भन्सार रोड, धम्बोझी, विपी चोक, सहिद सेतु बिक चोक लगायत स्थानमा मापदण्ड विपरित मासु पसल सञ्चालन हुदै आएका छन् । मासु व्यवसाय गर्नका लागि सरकारले मापदण्ड तयार गरेको छ ।

सरकारी कार्यालयमा दर्ता भई मासु पसलमा टायल, जाली, सिसा तथा ‘स्टील नेस स्टील’ (मासु काट्ने साधन) अनिवार्य राख्नुपर्छ । तर, अधिकांस मासु व्यवसायीले मापदण्ड पुरा गरेको पाइदैन ।

नेपालगन्जका विभिन्न ठाउँमा गरिएको अनुगमनका क्रममा मापदण्ड विपरित मासु बिक्री गरिरहेको फेला परेपछि संयुक्त अनुगमन टोलीले करिब २ क्वीन्टल मासु बरामद गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी जगत बस्नेतको नेतृत्वमा रहेको टोलीले बरामद गरेको मासु शुक्रबार नै नष्ट गरेको छ । अनुगमन टोलीका संयोजक बस्नेतका अनुसार अन्दाजी एक सय ५० किलो रांगा तथा भैसी र ४० किलो खसीको मासु बरामद गरी नष्ट गरिएको हो ।

चार्डपर्वमा मासुको उपभोग बढी हुने भएकाले बजारमा सरकारी संयन्त्रले यतिखेर अनुगमनमा कडाई गरेको छ । मापदण्ड पालना नगरेर मासु बिक्री गर्ने व्यवसायीलाई निगरानीमा राखेर कानुनी कारबाही गर्ने अनुगमन समितिको योजना छ ।

प्रकाशित: १४ आश्विन २०७३ १२:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App