coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

काठमाडौंमा चिसो बढ्ने क्रम जारी

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकाको तापक्रम अझै घट्ने क्रममा रहेको जनाएको छ। महाशाखाका अनुसार समान्यतया पुस १५ देखि माघ १५ सम्म तापक्रम घट्ने क्रम जारी रहन्छ। तापक्रम सम्बन्धि यस्तो चक्रअनुसार प्रत्येक वर्ष पुसको सुरूवातासँगै तापक्रम निरन्तर घट्न थाल्छ।

महाशाखाका अनुसार बुधबार र बिहीबार काठमाडौंको न्यूनतम तापक्रम धेरै फरक रह्यो। बुधबार काठमााडांैको न्यूनतम तापक्रम १ दशमलमब ५ रह्यो भने बिहीबार न्यूनतम तापक्रम ५ दशमलब ५ पुगेको छ। बुधबार राती काठमाडौंमा बादल लागेको कारण बुधबार न्यूनतम तापक्रम बढेर १ दशमलब ५ पुगेको पूर्वानुमान महाशाखा मौसमविद् सुजन सुवेदीलले जनाए। उनले भने, ‘तर बिहीबार न्यूनतम तापक्रम ५ दशमलब ५ पुगेको छ।’ बुधबार रातीको तुलनामा बिहीबार राती जाडो कम भए पनि शुक्रबारबाट न्यूनतम तापक्रम बढ्दै जाने सम्भावना रहेको पनि उनले जनाए।

पूर्वानुमान महाशाखाका अनुसार दिउँसो बादल लागेको बेला अधिकतम तापक्रम घट्छ। तर राती र भोलिपल्ट बिहानसम्म बादल लाग्यो भने न्यूनतमा तापक्रम बढ्छ। बादल लागेको बेला सूर्यको किरण सोझै प्रवेश गर्न नसक्ने भएकाले यस्तो हुने मौसमविद् सुवेदीले जनाए। उनले भने, ‘समान्यतया पुस १५ देखि माघ १५ सम्म न्यूनतम तापक्रम बढ्ने सम्भावना रहन्छ। त्यसैले यस वर्ष तापक्रम अझै घट्ने सम्भावना छ।’ पूर्वानुमान महाशाखाका अनुसार यस वर्ष पुस १५ देखि माघ १५ सम्म न्यूनतम तापक्रम बढेर जिरो डिग्री सेलसिएससम्म पुग्नसक्ने अनुमान छ।

पुस महिनामा चिसो बढ्ने र बादल लागेमा चिसा ह्वात्तै बढ्ने विज्ञहरू बताउँछन्। मौसम पूर्वानुमान महाशाखाले शुक्रबार दिउँसो देशका मध्य र पूर्वीपहाडी भूभागमा आंशिक बदली रहने सम्भावना रहेको जनाएको छ। यसैगरी अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। शनिबार भने देशभर मौसम समान्यता सफा रहने महाशाखाको भनाइ छ। बिहीबार दिउँसो देशका पहाडी भूभागमा आंशिक र सामान्य बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

बिहीबार सबैभन्दा चिसो जुम्लामा भएको पूर्वानुमान महाशाखले जनाएको छ। बिहीबार जुम्लामा न्यूनतम तापक्रम माइनस ६ दशमलव २ पुगेको महाशाखाले जनाएको छ। यसैगरी बिहीबार डेडल्धुरामा पनि त्यूनतम तापक्रम बढेर १ दशमलब ३ पुगेको छ।

वातावरणविद्हरू भने चिसो याम त्यसमा पनि बादल लागेको बेला प्रदूषणको मात्रा निकै खतरनाक हुने बताउँछन्। चिसो बढेको बेला विशेषगरी बिहान र बेलुका हावामा हुने प्रदूषण बढ्ने उनीहरूको भनाइ छ। चिसोमा धुलोका मसिना कणहरू (पिएम टु प्वाइन्ट फाइभ) जमिनमै टाँसिएर बस्ने गर्छन् तर गर्मी याममा भने हावाको वहावसँगै धुलाका मसिना कणहरू पनि उड्ने गर्छन्। गर्मी यामभन्दा चिसो याममा हावाको बहाव कम हुन्छ।

‘चिसोमा हावाको वहाव कम हुने भएकाले गर्मी यामभन्दा चिसोमा प्रदूषणको जोखिम अत्यधक हुन्छ।’ वातावरण विभागका वातावरणविद् शंकरप्रसाद पौडेलले भने, ‘गर्मी याममा भने हावाको वहावसँगै मसिना धुलाका कणहरू उड्ने गर्छन।’ यसैगरी, शितलहर चलेको बेला प्रदूषणको जोखिम झनै बढ्ने वातावरणवीद्हरु बताउँछन्। यसैगरी काठमाडौं जस्तो ठाउँ वरिपरी पहाडले घेरिएको ठाउँमा चिसो याममा धुलाका मसिना कणहरू गुम्सिएरै हावाभित्र रहने पौडेलको भनाइ छ। वातावरणविद्हरू प्रदूषणकालागि गर्मीयाम भन्दा वर्षायाम झन उपयुक्त हुने बताउँछन्। वर्षायाममा वर्षा हुने भएकोले धुलोका कणहरू वर्षासँगे हट्ने भएकाले वर्षायाम उपयुक्त हुने वातावरणविद्हरूको भनाइ छ।

प्रकाशित: १३ पुस २०७५ ०२:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App