अग्निपीडित बालबालिका : न पढाइ न स्वास्थ्य सेवा

शुक्रबार, १३ पुष २०७५, ०८ : १३ पवित्रकुमार शाही

कालिकोट - पलाँता गाउँपालिकाको खाँडागाउँका आगलागीपीडितमा स्वास्थ्य सेवाको अभाव देखिएको छ। तीन तहका सरकारले गुजाराका लागि खाद्यान्न तथा न्यानोका लागि लत्ताकपडाको व्यवस्था गरे पनि स्वास्थ्यमा भने ध्यान पुर्‍याउन सकेको देखिँदैन। ८७ घरधुरीका पाँच सयभन्दा बढी अग्निपीडित स्वास्थ्य सेवाको अभावले समस्या सिर्जना हुने सम्भावना बढेको बताइएको छ।

अग्निपीडितलाई कसरी बचाउने भन्ने विषय पहिलो प्राथमिकतामा परेकाले स्वास्थ्यमा ध्यान पुर्‍याउन नसकिए पनि अब सबै पीडा समाधान गर्नेगरी अगाडि बढ्ने गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए। ‘जिल्ला स्वास्थ्य कार्यालयसँग समन्वय गरेर स्वास्थ्य शिविर नै राख्ने तयारी भइरहेको छ,’ उनले भने। गएको आइतबार राति खाँडागाउँमा लागेको आगलागीले साना साना बालबालिका निकै प्रभावित बनेका छन्।

खाडाँगाउँस्थित गणेश आधारभूत विद्यालयका एक सय ३० बालबालिका पढ्नलेख्नबाट पनि वञ्चित भएका छन्। आगो लागेर गाउँ नै खरानी बनेपछि सबै पीडित खुला आकाशमुनि बस्न बाध्य हुँदा त्यसको सबैभन्दा बढी प्रभाव बालबालिकामा परेको हो। विद्यालयका प्रधानाध्यापक सर्पनन्द न्यौपानेका अनुसार बालबालिकाको स्वास्थ्य र भविष्य बिग्रिने खतरा बढेको छ। आगलागी भएको रातबाट बालबालिकामा मानसिक असर पर्न थालेको उनी बताउँछन्।

आगो लागेर गाउँ नै खरानी बनेपछि सबै पीडित खुला आकाशमुनि बस्न बाध्य हुँदा त्यसको सबैभन्दा बढी प्रभाव बालबालिकामा परेको हो।

‘चाँडै स्वास्थ्य शिविर सञ्चालन गर्नु जरुरी छ,’ अग्निपीडित लालमणि न्यौपानेले भने, ‘छोराछोरी स्कुल नगएको साता दिन हुन लागिसक्यो। पढ्नु त परको कुरा भयो, राम्ररी खान–बस्न पनि पाएका छैनन्। चाउचाउले पेट भर्नुपरेको छ। मेसमा चाहिएको बेला उनीहरूले खान पाउँदैनन्।’ खाँडागाउँका बालबालिकाले आफू बसिरहेकै गणेश आधारभूत र अलि पर धौलागोह राडुुनेटाको विद्यालयमा अध्ययन गर्ने गरेका छन्। एक सय ३० बालबालिकामध्ये गणेश आधारभूतमा ७४ जना र राडुनेटामा ५६ जनाले अध्ययन गर्ने गरेका शिक्षक न्यौपानेले जानकारी दिए। उनका अनुसार राडुनेटामा पढ्ने विद्यार्थीलाई आउनजान दुई घन्टा लाग्छ। विगतमा घरमा पाकेको खाएर आउनजान बानी परेका बालबालिका यतिखेर ठूलो पीडामा परेका छन्। ‘जताबाट पनि ओढ्नेओछ्याउने र लगाउने कपडा मात्र आउने गरेको छ,’ कक्षा ८ मा पढ्ने समला न्यौपानेले भनिन्, ‘खान र बस्न निकै समस्या छ। कतिबेला खाना खाएर स्कुल जानु भन्ने भइरहन्छ।’

सुत्केरी र गर्भवतीको पनि बिजोग

अग्निप्रभावित खाँडागाउँमा चारजना गर्भवती र १२ जना सुत्केरी पनि खुला आकाशमा बस्दै आएका छन्। साना बच्चा काखमा राखी चिसोमा बस्नुपर्ने बाध्यता आइलागेको छ। खानबस्न र सुत्न कठिनाइ भएको छ।

भूगोलका कारण अरूबेला पनि पीडा भोग्दै आएका गर्भवती र सुत्केरीका लागि खुला आकाशको बसाइ चुनौतीपूर्ण बन्दै गएको बताइएको छ। जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका पोषण कार्यक्रमका स्रोत व्यक्ति तथा वरिष्ठ अहेव कटक महतका अनुसार अग्नि प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी पठाइएको छ। अहिलेसम्म कुनै रोगले छोएको छैन भन्ने जानकारी आएको उनले बताए। महामारी तथा विपत् हेर्ने सिनियर अहेव हेमराज बम औषधिसहित खाँडागाउँमा गएको महतले सुनाए।

तर, गाउँपालिका उपाध्यक्ष दाना न्यौपाने भने सुत्केरी तथा गर्भवतीको राम्ररी हेरचाह भइरहेको बताइन्। राहतका रूपमा प्रशस्त लत्ताकपडा आएकाले खुला आकाशमुनिको बसाइ भए पनि पीडा हुन नदिएको उपाध्यक्ष न्यौपानेको भनाइ छ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

भिभोको पहिलो AR ग्लास

भिभोको पहिलो AR ग्लास

चाइनिज कम्पनी भिभोले आफ्नो पहिलो अग्मेन्टेड रियालिटी ग्लास अर्थात् AR ग्लासको बारेमा जानकारी प्रदान गरेको छ । ...

सिभिल बैंक लिमिटेडको शाखा दाङको लालमटीयामा

सिभिल बैंक लिमिटेडको शाखा दाङको लालमटीयामा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा दाङको लालमटीयामा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन राप्ती गाउ‘पालिकाका अध्यक्ष नुमा...

आइएमई पे र आइसीएफसी फाइनान्सवीच सम्झौता

आइएमई पे र आइसीएफसी फाइनान्सवीच सम्झौता

आइएमई ग्रुपद्वारा प्रवद्र्घित आइएमई पे र आइसीएफसी फाइनान्सवीच बैंकिङ्ग साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । ...

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडकोे अध्यक्ष चयन

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडकोे अध्यक्ष चयन

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो १२८औं संञ्चालक समितिको बैठकबाट श्री नरेश शाक्य ज्यू लाई सर्व–सम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको...

लेमनले जित्यो मुम्बईमा फ्लेम अवार्डस्

लेमनले जित्यो मुम्बईमा फ्लेम अवार्डस्

लेमन, नेपालको वृहत् एक्टिभेसन एजेन्सीले मुम्बई, भारतमा आयोजित फ्लेम अवार्डस् २०१९ मा विजय प्राप्त गरेको छ । एजेन्सीले विभिन्न विधाहरुमा...

वानप्लस ७ प्रोमा एक वर्षसम्मको इन्शुरेन्सको सुविधा

वानप्लस ७ प्रोमा एक वर्षसम्मको इन्शुरेन्सको सुविधा

परम्परागत प्रविधिलाई चुनौती दिदैँ हालै वानप्लसले आफ्नो नविनतम संस्करण वानप्लस ७ प्रो नेपाली बजारमा भित्र्याएको छ । ...

आइफोनमा iOS १३  कसरी इन्स्टल गर्ने ?

आइफोनमा iOS १३ कसरी इन्स्टल गर्ने ?

आजबाट एप्पलले आइफोनका लागि iOS १३ को सार्वजनिक बेटा उपलब्ध गराउने भएको छ ...

प्रभु बैंक लि. को आरुघाट शाखा कार्यालय सञ्चालन

प्रभु बैंक लि. को आरुघाट शाखा कार्यालय सञ्चालन

संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याई बैंकको शाखा सञ्जाल विस्तार गर्नुका साथै गाउँ गउँमा...