coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सोसल साइन्स बहाविरुद्धको कारबाही बदर

काठमाण्डौं – सामाजिक अनुसन्धानमा सक्रिय संस्था ‘सोसल साइन्स बहा’ माथि अनियमितताको आरोपमा सुरु भएको अनुसन्धान दुईवर्षपछि बदर भएको छ।

तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीको निर्देशनमा सुरु गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग र जिल्ला प्रशासन कार्यालय ललितपुरको कारबाही सर्वाेच्च अदालतले बिहीबार बदर गरेको हो। सर्वाेच्च अदालतका न्यायाधीशद्वय मीरा खड्का र सपना प्रधान मल्लको संयुक्त इजलासले उक्त कारबाही कानुनको बर्खिलाफ भएकोे निष्कर्षमा बदर गरेको हो।

भ्रष्टाचारको आरोपमा पूर्वाग्रही भई कारबाही सुरु गरिएको दाबीसहित बाहाका अध्यक्ष प्राध्यापक निर्मलमान तुलाधरसहितले दायर गरेको रिटमाथि अन्तिम सुनुवाई सकिएपछि सर्वाेच्चले बिहीबार उक्त फैसला सुनाएको हो।

अख्तियारको निर्देशनका आधारमा जिल्ला प्रशासन कार्यालय ललितपुरले संस्थाको अडिट रिपोर्टलगायतका कागजात माग गरी अनुसन्धान सुरु गरेको थियो भने अनुसन्धानका क्रममा जिल्ला प्रशासन कार्यालयले संस्थाबाट विभिन्न कागजात कब्जामा लिएको थियो। अख्तियारको आदेश बमोजिम जिल्ला प्रशासन कार्यालयले संस्थाको बैंक खाता रोक्का राखी पा“च बर्षको अडिट रिपोर्टलगायतका कागजात पेश गर्न संस्थालाई ओदश दिएको थियो। संस्थाले एक सामाजिक संस्थामाथि गरिएको छानबिन तथा कारबाही पूर्वाग्रह प्रेरित भएको आरोप लगाएको थियो।

प्रकाशित: १३ पुस २०७५ ०१:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App