८ वैशाख २०८१ शनिबार
कला

‘सलमानसँग दुश्मनी छैन’

मुम्बई – बलिउड अभिनेता शाहरुख खान अभिनित फिल्म ‘जीरो’ हलमा प्रदर्शनरत छ। फिल्ममा शाहरुखसँगै अर्का बलिउड स्टार सलमान खानलाई पनि दर्शकले हेर्न पाउँछन्। फिल्ममा सलमान अतिथि कलाकारका रूपमा छन्।

बलिउडमा शाहरुख र सलमानको सम्बन्धलाई अझै पनि ‘खान वार’का रूपमा चिन्छन्। यी दुई खानबीच समय–समयमा विवाद आइरहँदा शाहरुखले सलमानसँग वर्षौसम्म चलेको झगडाका विषयमा मुख खोलेका छन्। ‘मेरो सलमानसँगै उसका दाजुभाईसँग ‘तँ तँ’ र ‘मँ मँ’को झगडा र मतभेद धेरैपटक भएको थियो र भइरहेको पनि छ। तर सलमान र उनका दाजुभाइसँग ‘दुस्मनी’ कहिल्यै भएन। म सलमान र उसको परिवारलाई इज्जत गर्छु।

म आफ्नो परिवारका साथ नयाँ मुम्बई आएको थिएँ। त्यो बेला उसको परिवारले मेरो परिवारलाई घरमै बस्ने सदस्य झैं गरी हेरचाह गरेका थिए’, शाहरुखले भनेका छन्, ‘हामीलाई आफ्नो साथी र घरवालासँग बसिरहेका छौं जस्तो लाग्थ्यो। म र सलमान दुवै केटा हौं। यो उमेरमा केटाबीच व्यक्तिगत तहमा ‘तँ तँ’ र ‘मँ मँ’ हुन्छ। भेटघाट, पागलपन र कैयौंपटक थोरै असमझदारी पनि हुन्छ। तर बुझ्नेले सानो असमझदारीलाई ठूलो सम्झिन्छन्।’

म र सलमान दुवै केटा हौं। यो उमेरमा केटाबीच व्यक्तिगत तहमा ‘तँ तँ’ र ‘मँ मँ’ हुन्छ। भेटघाट, पागलपन र कैयौंपटक थोरै असमझदारी पनि हुन्छ। तर बुझ्नेले सानो असमझदारीलाई ठूलो सम्झिन्छन्।

उनले सलमान आफ्नो सम्बन्धलाई ‘राम–लखन’सँगको सम्बन्धसँग तुलना गरेका छन्। ‘हामी धेरै सजिलो र प्रेमिल छौं। त्यसकारण कहिल्यै लामो दुरी रहेन। हाम्रो त घर पनि २ सय मिटरको सीमामा छ। मानिसहरूले हामी दुई टाढियौं भन्ने सोच्दा रहेछन्। वास्तविकता त्यो होइन्। हामीबीच केही मतभेद थियो।

म सलमानको छेउमा जाँदा ऊ काम गरिरहेको छ भने म उसलाई छिटो काम गर्नु भन्दा उसले काम गरेन भने म झगडा गरिहाल्छु नि’, शाहरुख भन्छन्, ‘एकपटक उसले मलाई घर बोलायो। मेरो छोराले गाडी सिकिरहेको कारण उसको घर जान पाइनँ। त्यो बेला उसले मलाई बिहानको ३ बजे फोन गरेर ‘घर किन नआएको ?’ भन्दै सोध्यो। मैले कारण बताएपछि उसले ‘यो त कुनै सही कारण नै होइन। तिमीले घर आउनुपथ्र्यो। हामी सबै तिम्रो पर्खाईमा थियौं।’ भन्दै मसँग रिसायो। हामी यस्तैसानो विषयमा रिसाउँछौं। तर हामी टाढियौं, विछोडियौं र कहिल्यै मिल्न सक्दैनौं भन्नेकुरा चाहिँ कदापि हुँदैन।

फिल्म ‘जीरो’मा सलमानको प्रवेशका विषयमा पनि उनले बोलेका छन्। ‘म, आनन्द सर(निर्देशक आनन्द एल राय) र लेखक हिमांशुले फिल्मको पहिलो तालिकाको काम सकेका थियौं। फिल्मको एक गीतको लागि निर्देशक आनन्दले ‘कोही सुपरस्टार चाहियो’ भने। त्यही समयमा सलमान मेरो घर आए। उनले सुहाना र आर्यनलाई दुई साइकल ल्याएका थिए।

सलमानले फिल्मको सुटिङको बारेमा सोधेपछि मैले १० दिनको सुटिङ भइसकेको र एक गीत खिच्न बाँकी रहेको बताएँ। गीतमा एक ‘स्टार’ चाहिएको छ भनेपछि सलमानले तुरुन्तै ‘त्यो गीत म गर्छु’ भनेर तीन दिनको समय दियो। हाम्रो दिमागमा सलमानको नाम भएकाले हामी दुई या तीन महिनापछि सलमानसँग कुरा गर्ने तयारीमा पनि थियौं। तर त्यो दिनको कुरा पछि हामीले समय तालिका अगाडि नै गीतको सुटिङ गर्यौं।’

फिल्म ‘जीरो’मा  शाहरुख खान, अनुष्का शर्मा र कटरीना कैफसँगै अतिथि कलाकारका रूपमा श्रीदेवी, जूही चावला, सलमान खान, अलिया भट्ट, काजोल, रानी मुखर्जी, करिश्मा कपूर र दीपिका पादुकोण पनि छन्।

प्रकाशित: १३ पुस २०७५ ०१:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App