coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

परराष्ट्रका अधिकारीमाथि कारबाही गरिने

काठमाडौ - इन्डोनेसियामा गएको सुनामीमा परी ज्यान गुमाएकाप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समवेदना सन्देशका ठाउँमा बधाई दिएको लेख्ने परराष्ट्रका अधिकारीमाथि कारबाही हुने भएको छ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निजी सचिवालयले बिहीबार एक विज्ञप्ति जारी गर्र्दै त्रुटि कसरी भयो भन्नेबारे सम्बन्धित अधिकारीसँग स्पष्टीकरण माग गरिएको जनाएको छ।

परराष्ट्र मन्त्रायलयमा यस किसिमको गल्ती हुनु गम्भीर विषय भएको भन्दै मन्त्री ज्ञवालीले नै गल्ती गर्ने अधिकारीलाई जानकारी दिन आग्रह गरेको उनको सचिवालयले जनाएको छ। सचिवालयले गल्ती गर्ने अधिकारीका बारेमा तथ्य पत्ता लगाउने काम भइरहेको र पत्ता लागेपछि संलग्नलाई उचित कारबाही गरिने जनाइएको छ।

विज्ञप्तिमा राष्ट्रपतिले इन्डोनेसियाली समकक्षीलाई दिएको समवेदना सन्देशमा त्रुटि नभई मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मात्र त्रुटि भएको जनाएको छ। मन्त्रालयले बुधबार राष्ट्रपति भण्डारीले सुनामीमा ज्यान गुमाएकोप्रति इन्डोनेसियाका समकक्षीलाई बधाई दिएको विज्ञप्ति जारी गरेको थियो। विज्ञप्ति जारी गरेको केही समयपछि नै मन्त्रालयले विज्ञप्तिमा गल्ती भएको भन्दै समवेदना सन्देश दिएको अर्काे विज्ञप्ति प्रकाशित गरेको थियो।

प्रकाशित: १३ पुस २०७५ ०१:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App