coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

रविको एक्लो अग्रता

दोस्रो दिनको खेल समाप्त हुँदा एकल अग्रता बढाएका रवि खड्का। तस्बिर : रोहित राई

धरान – सूर्य नेपाल इस्टर्न ओपन गल्फ प्रतियोगितामा दोस्रो दिन ३६ होलको खेल समाप्तिमा  ३ अन्डर १३७ स्कोर खेल्दै रवि खड्काले एक्लो अग्रता लिएका छन्।

पार ७० को निर्वाणा गल्फ कोर्समा बिहीबारको खेल समाप्त हुँदासम्म रविले शिवराम श्रेष्ठलाई एक स्ट्रोकले पछि पारे। दोस्रो स्थानमा रहेका शिवरामको कुल २ अन्डर १ सय ३८ स्कोर छ। पहिलो दिन बुधबार दुवै समान ४ अन्डर ६६ स्कोर गर्दै शीर्ष स्थानमा रहे। एमेच्योरतर्फ कुल १ अन्डर १ सय ३९ स्कोरसहित शुक्रबहादुर राई पहिलो र समग्रमा तेस्रो स्थानमा छन्।

बिहीबार १ ओभर ७१ स्कोर खेलेका रविले फ्रन्ट नाइन १ अन्डर ३५ र ब्याक नाइन २ ओभर ३६ को कार्ड बनाए। उनले ब्याक नाइनमा आठौं र नवांै होलमा बर्डी गरे भने चौथो होलमा बुगी खेलेका थिए। यस्तै, ब्याक नाइनमा १०औं र १२औं होलमा बुगी खेलेका थिए। शिवरामले फ्रन्ट नाइनमा ४ ओभर ४० र ब्याक नाइनमा २ अन्डर ३२ कार्ड बनाउँदै बिहीबार २ ओभर ७२ स्कोर खेलेका थिए। उनले फ्रन्ट नाइनमा दोस्रो होलमा बर्डी गरे भने पार ५ को तेस्रो होलमा ट्रिपल बुगी खेप्दै ३ स्ट्रोक खेर फालेका थिए। यस्तै, सातौं र नवाैं होलमा पनि बुगी खेपेका थिए। ब्याक नाइनमा भने ११औं, १२आैं, १५आैं र १८आैं होलमा बर्डी गरेका शिवरामले १६ मा डबल बुगी खेपे।

प्रतियोगितमा समान २ ओभर १ सय ४२ स्कोरका साथ विकास अधिकारी, सञ्जय लामा, भुवन नगरकोटी र थामबहादुर राई संयुक्त रूपमा तेस्रो स्थानमा छन्। विकासले बुधबार र बिहीबार समान १ ओभर ७१ स्कोर गरे। पहिलो दिन इभन पार ७० स्कोर गरेका सञ्जयले बिहीबार २ ओभर ७२ स्कोर गरे भने भुवन र थामबहादुरले पनि पहिलो र दोस्रो दिन समान १ ओभर ७१ स्कोर खेले।

पहिलो दिन पाँचाैं स्थानमा रहेका स्थानीय प्रो.शिवकुमार माझी कुल ३ ओभर १ सय ४३ स्कोरका साथ सातौं स्थानमा पुगेका छन्। बुधबार १ ओभर ७१ स्कोर गरेका उनी बिहीबार २ ओभर ७२ स्कोर खेलेका थिए। समान ४ ओभर १ सय ४४ स्कोरका साथ दिनेश प्रजापति र देवराज पाख्रिन संयुक्त आठौं स्थानमा छन् भने समान कुल ५ ओभर १ सय ४५ स्कोरका साथ कृष्णमान राजवाहक र सूर्यप्रसाद शर्मा संयुक्त १०औं स्थानमा छन्।

एमेच्योरतर्फ पहिलो स्थानमा रहेका स्थानीय शुक्रबहादुर राईले बिहीबार १ अन्डर ६९ स्कोर खेले। फ्रन्ट नाइनमा लेभल पार खेल्ने क्रममा उनले तेस्रो होलमा बर्डी र पार ४ को नवौं होलमा इगल गरेका थिए भने चौथो, छैटाैं र आठौं होलमा बुगी खेपेका थए। ब्याक नाइन एक अन्डर ३३ खेल्ने क्रममा शुक्रबहादुरले १३औं र १८औं होलमा बर्डी गरे भने ११आैं होलमा बुगी खेपेका थिए। उनले अघिल्लो दिन बुधबार इभन पार ७० को स्कोर गर्दै समग्रमा दोस्रो स्थानमा थिए।

एमेच्योरतर्फ ५ ओभर १ सय ४५ स्कोरका साथ युवराज भुजेल दोस्रो स्थानमा छन्। बिहीबार २ ओभर ७२ स्कोर गरेका उनले पहिलो दिन ३ ओभर ७३ स्कोर खेलेका थिए। समान कुल ६ ओभर १ सय ४६ स्कोरका साथ शुक्रराज राई र बविन्द्र राई संयुक्त रूपमा एमेच्योरतर्फ तेस्रो स्थानमा छन्।

प्रकाशित: १३ पुस २०७५ ००:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App