७ वैशाख २०८१ शुक्रबार
राजनीति

२५ बुँदे वक्तव्यमा राष्ट्रघात भएको भन्दै नयाँ शक्तिको धर्ना

भद्रकालीमा धर्ना दिँदै नयाँ शक्तिका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई लगायत। तस्बिर: केशव थोकर

काठमाडौं- नयाँ शक्ति नेपालले प्रधानमन्त्री पुष्पकमल दहालको भारत भ्रमणको समयमा जारी २५ बुँदे संयुक्त वक्तव्यको विरोध गर्दै शुक्रबार भद्रकालीमा धर्ना दिएको छ।

राष्ट्रघात र प्रतिगमनको खतरा भन्दै नयाँ शक्तिले उक्त वक्तव्यको विरोध गरेको जनाएको छ। नयाँ शक्तिले वक्तव्यका ७, १०, ११, १२,१३, १४ र २० नम्वरका बुँदा राष्ट्रिय हितको दृष्टिले गम्भिर र आपत्तिजनक भएको बताएको छ। बुँदा नम्वर ११ ले नेपालको विदेश नीति भारतीय स्वार्थसँग जोडेर नेपालको भुटानीकरण गर्न खोजेको नयाँ शक्तको भनाई छ। 'यो गम्भिर राष्ट्रघात हो। यसले स्वाभिमानी नेपालीको शीर झुकाएको छ' उसले भनेको छ। पुराना इलाकाहरुलाई स्थानीय तह विभाजनको आधार मान्नु पञ्चायतकालिन शैलिकै निरन्तरता भएको पनि नयाँ शक्तिले बताएको छ। यस्तै यातायात क्षेत्रमा देखिएको सिण्डिकेट अन्त्य गर्न पनि माग गरिएको छ।

देशलाई दुर्घटनाबाट बचाउन सचेत नागरिक एकजुट भएर अघि बढ्नु पर्ने नयाँ शक्तिका संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले बताए।

 

प्रकाशित: १४ आश्विन २०७३ ०९:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App