४ वैशाख २०८१ मंगलबार
अर्थ

शेयरबजारमा १ अर्व १२ करोडको कारोबार, परिसूचक १ अंकले घट्यो

काठमाडौं– बुधबार उच्च अङ्कले वृद्धि भएको शेयर बजारमा आज भने कारोबारले उच्चता पाएको छ। धेरै पछि कारोवार रकम अर्बमाथि पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १७४ कम्पनीको २८ लाख ७२ हजार ५५१ कित्ता शेयर १ अर्ब १२ करोड २९ लाख ६९ हजार २०९ रुपैयाँमा खरीद–बिक्री भएका छन् ।

कारोवार मापक नेप्से परिसूचक १.०८ अंकले घटेर १२१५.१६ विन्दुमा पुगेको छ। ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०. १५ अंकले घटेर २५८ दशमलव ६६अंकमा झरेको छ ।

आज कारोवार भएका ११ उपसमूहमध्ये ३ उपसमूहको शेयर उकालो लागेको छ भने आठ उपसमूहको शेयर भने घटेका छन् । उत्पादन १९.१८, अन्य ११.४६ र जीवन बीमा १७०.४२ अंकले बढेका छन् ।

यस्तै बैंकिङ ६.६६, व्यापार २.९६, होटल ६३.६३, विकास बैंक ५.२९, जलविद्युत् ४.२९, वित्त २.२१, जीवन बीमा ४८.६७ र माइक्रोफाइनान्स २.६५ विन्दुले घटेका छन्।

 

 

 

  

प्रकाशित: १२ पुस २०७५ १०:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App