४ वैशाख २०८१ मंगलबार
खेल

विग ब्यास लिग : सन्दीपकाे उत्कृष्ट प्रदर्शन जारी, सर्वाधिक विकेट लिनेकाे शिर्ष स्थानमा

काठमाडाैं - नेपाली क्रिकेटर सन्दीप लामिछानेले विग ब्यासमा उत्कृष्ट प्रदर्शन जारी राखेका छन्। मेलवर्न स्टार्सबाट प्रतियोगिता खेलिरहेका सन्दीपले सिड्नी सिक्सर्स विरुद्ध ४ ओभरमा १८ रन खर्चदैं २ विकेट लिए। विहिबारकोे दुई विकेटसँगै सन्दीप प्रतियोगिताको सर्वाधिक विकेट लिने खेलाडीको सुचिमा १ नम्बरमा उक्लेका छन्। सन्दीपले ३ खेलमा ७८ रन दिँदै ७ विकेट लिएका छन्।

विहिबारको खेलमा सन्दीपले सिक्सर्सका कप्तान मोइसेस हेनरिक्स र टम कुरानको विकेट लिए। सातौं ओभरमा पहिलो ओभर गरेका सन्दीपले ६ रन दिएपनि विकेट लिन भने सकेनन्। त्यसछि नवौं ओभरको दोस्रो बलमै सन्दीपले सिक्सर्सका कप्तान हेनरिक्सलाई ९ रनको स्कोरमा एलबीडब्लु आउट गरे। त्यसपछि १२ औं ओभरको रुपमा आफ्नो तेस्रो ओभर लिएर आएका सन्दीपले ओभरको अन्तिम बलमा कुरानलाई समेत एलबीडब्लुको धरापमा पारे। यसअघि सोमबार होबर्ट हरिकेन्स विरुद्धको खेलमा सन्दीपले तीन विकेट लिएका थिए। उनले ४ ओभरमा २४ रन दिँदै ३ विकेट लिएका हुन्।  

 

प्रकाशित: १२ पुस २०७५ ०९:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App