७ वैशाख २०८१ शुक्रबार
खेल

हडल्सफिल्डमाथि म्यानचेष्टर युनाइटेडको सहज जित, आर्सनल बराबरीमा रोकियो

काठमाडौं – जोसे मौरिन्हो प्रशिक्षकबाट हटेपछि इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाइटेडले लगातार दोस्रो जित निकालेको छ। घरेलु मैदानमा बुधवार राति सम्पन्न खेलमा युनाइटेडले हडल्सफिल्ड टाउनमाथि ३–१ को सहज जित निकालेको छ।

युनाइटेडको जितमा पाउल पोग्बाले २ तथा नेमान्जा माटिचले एक गोल गरे। २८औं मिनेटमा माटिचले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० को अग्रता दिएको युनाइटेडले दोस्रो हाफमा थप २ गोल गर्दा १ गोल खायो। ६४औं मिनेटमा एन्डर हरेराको पासमा पोग्बाले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए।

७८औं मिनेटमा पोग्बाले ब्यक्तिगत दोस्रो गोल गरेपछि युनाइटेडले खेलमा ३–० को अग्रता लिएको थियो। तर, खेल सकिन दुई मिनेट बाँकी रहँदा हडल्सफिल्डका माथिस जोर्गेनसेनले सान्त्वना गोल फर्काए। जितसँगै १९ खेलबाट ३२ अंक जोडेको म्यानचेष्टर युनाइटेड छैटौं स्थानमा छ। हडल्सफिल्ड टाउन भने तलिकाको पुछारमा छ।

त्यस्तै अर्को खेलमा आर्सनल  भने ब्राइटनसँग १–१ गोलको बराबरीमा रोकिएको छ। ७ औं मिनेटमा पिएरे एमरिक औबामेयाङ्ले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए। तर, ३५औं मिनेटमा जर्जेन लोकाडियाले गोल गरेपछि खेल बराबरीमा ल्याए। त्यसपछि बाँकी समयमा आर्सनलले दुवै टोलीबाट गोल भएन र खेल बराबरीमा सकियो। बराबरीपछि आर्सनल ३८ अंक बनाउँदै पाँचौं स्थानमा छ। पराजित ब्राइटन भने २२ अंकका साथ १३ औं स्थानमा छ।

प्रकाशित: १२ पुस २०७५ ०८:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App