इङ्लिस प्रिमियर लिग

लिभरपुललाई ६ अंकको अग्रता, लेस्टरसँग सिटी स्तब्ध

बिहिबार, १२ पुष २०७५, १३ : १० नागरिक

काठमाडौं – इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले स्पष्ट ६ अंकको अग्रता लिएको छ। बुधवार राति घरेलु मैदानमा भएको खेलमा लिग लिडर लिभरपुलले न्युक्यासल युनाइटेडलाई ४–० गोलले पराजित गरेको छ।

लिभरपुललाई पछ्याइरहेको म्यानचेष्टर सिटी भने लेस्टर सिटीसँग २–१ ले स्तब्ध भएको छ। लिभरपुलले खेलको ११ औं मिनेटमा डेजान लोभ्रेनको गोलमार्फत अग्रता लिएको थियो। पहिलो हाफमा १–० ले अगाडि रहेको लिभरपुलका लागि ४७ औं मिनेटमा मोहम्मद सालाहले पेनाल्टीमार्फत टिमका लागि दोस्रो गोल थपे।

७९ औं मिनेटमा जेर्दान शाकिरीले गोल गर्दा लिभरपुलले न्युक्यासलसँगको दुरी ३–० मा पुर्यायो। त्यस्तै ८५ औं मिनेटमा फाविन्होले हेडर गोल गरेपछि लिभरपुलले ४–० को सहज जितका साथ खेल टुंग्यायो। लिगमा आदि खेल सकिँदा लिभरपुलले तालिकामा ६ अंकको अग्रता बनाएको छ। लिभरपुलको १९ खेलबाट ५१ अंक छ।

साविक विजेता म्यानचेष्टर सिटीले जारी लिगमा लगातार दोस्रो हार ब्यहार्दा लिभरपुललाई फाइदा पुगेको छ। गएराति नै भएको खेलमा लेस्टरले १० खेलाडीमा समेटिएको सिटीलाई २–१ गोलले पराजित गर्यो। १४ औं मिनेटमा बर्नार्डो सिल्भाले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। लेस्टरका मार्क अल्ब्राइटनले १९ औं मिनेटमा गोल गरेपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो।

तर, ८२ औं मिनेटमा रिकार्डो पेरेइराले गोल गर्दै लेस्टरलाई २–१ को महत्वपूर्ण जित दिलाए। खेल सकिन १ मिनेट बाँकी हुँदा फावियन डेल्फ रातो कार्ड खादै मैदान बाहिरिएपछि सिटी १० खेलाडीमा समेटिन पुगेको थियो। लिगमा लगातार दोस्रो हार ब्यहोरेको सिटी लिभरपुलभन्दा ७ अंकले पछि रहँदै तेस्रो स्थानमा झरेको छ। सिटीको ४४ अंक छ। २८ अंक जोडेको लेस्टर ७ औं स्थानमा छ।





यसमा तपाईको मत

अन्य समाचार

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

Ncell Footer Ad