coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

पुनर्निर्माण र पुनर्स्थापना फोटो प्रदर्शनी

काठमाडौं – २०७२ वैशाख १२ को भूकम्प र त्यसपछिका पराकम्पनहरूले पु-याएको क्षतिको पुनर्निर्माण र पुनस्र्थापना सम्बन्धी तीन दिने फोटो प्रदर्शनी राजधानीको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापनाको तेश्रो वर्ष पुरा भएको अवसरमा आयोजना गरिएको प्रदर्शनीको शुभारम्भ गर्दै  प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले फोटो प्रदर्शनीले भूकम्पपछि पुनर्निर्माण र पुनस्र्थापनाका क्षेत्रमा भइरहेका वास्तविक कामहरू जनतामाझ पु-याउन थप सहयोग पुग्ने बताए। उनले पुनर्निर्माण हुने धरहरा परिसरमा भूकम्प, राहत, उद्धार, पुनर्निर्माण र पुनस्र्थापना सम्बन्धी गतिविधिहरूलाई समेटेर संग्रहालय राख्ने योजना रहेको बताउँदै फोटो, भिडियो, अडियोलगायतले नेपालमा भूकम्पछिको अवस्था, पुनर्निर्माण  र पुनस्र्थापना सम्बन्धी ज्ञान र अनुभवलाई भावी पुस्तालाई हस्तान्तरण गर्न सहयोग पु-याउने जनाए।

यूरोपियन युनियनको सहयोग र फोटो पत्रकार क्लब, नेपाल (पिजे क्लब) को सहकार्यमा आयोजित प्रदर्शनीमा चार खण्डमा भूकम्प प्रभावित जिल्ला गरी करिब सय फोटोहरू राखिएका छन्। पहिलो खण्डको फोटोमा भूकम्पबाट पुगेको क्षति पछिको अवस्थालाई सामना गर्न भूकम्प प्रभावित व्यक्तिले कसरी एकअर्कालाई सहयोग गरेका थिए भन्ने देखाइएको छ। त्यस्तै दोश्रो खण्डको फोटोमा भूकम्पपछिको जटिल अवस्थाबाट पुनर्निर्माण र पुनस्र्थापनामा मानिसहरू आएको चरणलाई देखाइएको छ। जहाँ निजी आवास पुनर्निर्माण, शैक्षिक संस्था, स्वास्थ्य संस्था, सरकारी भवन, सांस्कृतिक सम्पदालगायतको पुनर्निर्माण, उत्पादक क्षेत्र, कृषि र पर्यटन क्षेत्रमा भइरहेका पुनर्निर्माण तथा पुनस्र्थापना, विद्युत, यातायात र खानेपानी, सरसफाई लगायतमा भएका कार्यहरूलाई समेटिएको छ।

तेश्रो खण्डमा भूकम्पबाट क्षति पुगेका संरचनाहरूको अवस्था र पुनर्निर्माणपछि तिनीहरूको अवस्था सम्बन्धी करिब दुई दर्जन तस्वीरहरू राखिएका छन्। चौथो खण्डमा पुनर्निर्माण र पुनस्र्थापनाका विभिन्न चरणमा भइरहेका कार्य तथा गतिविधिसँग सम्बन्धित वृत्तचित्रहरू प्रदर्शन गरिएको छ। आगामी पुस १३ गतेसम्म चल्ने प्रर्दशनीको संयोजन प्राधिकरणका कुलप्रकाश न्यौपाने र पिजे क्लबका विकास कार्की, अमूल थापा, विक्रम राईलगायतले गरिरहेका छन्।
 

प्रकाशित: १२ पुस २०७५ ०६:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App