८ वैशाख २०८१ शनिबार
कला

‘गोपी’को कविता प्रतियोगिता

काठमाडौं – आगामी माघ १८ गते रिलिज हुने फिल्म ‘गोपी’को प्रवद्र्धन गर्न फिल्म निर्माण कम्पनी आरोही इन्टरटेनमेन्ट कविता प्रतियोगिताको आह्वान गरेको छ। कम्पनीका अनुसार प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगितामा सात जनाले जनही ५ हजार रुपैयाँको सान्त्वना पुरस्कार पनि पाउनेछन्।

फिल्मका निर्देशक दीपेन्द्र लामाले प्रतियोगितामा विश्वका जुनसुकै स्थानमा बस्ने नेपालीहरूले भाग लिन पाउने बताए। ‘प्रतियोगितामा उमेरको कुनै हदबन्दी छैन्। सहभागीले ‘गोपी’को ट्रेलर हेरेर स्वावलम्बन, स्वरोजगार र परिश्रमको भाव झल्किने कविता लेख्नुपर्नेछ’, उनले भने।

प्रतियोगितामा आएको कवितालाई दुई कवि उपेन्द्र सुब्बा र नवराज पराजुलीले मूल्यांकन गरेर विजेता छनोट गर्नेछन्। आगामी माघ ७ सम्म प्राप्त कवितालाई प्रतियोगितामा समावेश गरिने कम्पनीले जनाएको छ। कविता नेपाली भाषा लेखिएको हुनुपर्नेछ। माघको दोस्रो हप्ता विजेतालाई पुरस्कृत गर्नेछ। निर्णायकद्वय उपेन्द्र र नवराजले यस्तो खाले प्रतियोगिताले नयाँ प्रतिभाहरूलाई उत्साह मिलेसँगै पछिल्लो समयमा कविताप्रति युवाहरूको रुचिमा थप टेवा पुग्ने बताए।

फिल्ममा विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रमेश अधिकारी, अंकित खड्का, प्रकाश घिमिरे, भोलाराज सापकोटा, सरोज अर्याललगायतले अभिनय गरेका छन्। सामिप्यराज तिमल्सेनाको पटकथा, शैलेन्द्र डि कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको फिल्ममा आरोही केसी निर्माता र श्रीधर पौडेल कार्यकारी निर्माता छन्।

प्रकाशित: १२ पुस २०७५ ०६:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App