coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सिटौला समूहको अन्तरक्रियामा नेताले गाली खाएको विषय उठ्यो

अन्तरक्रियामा सहभागी सिटौला समूहका नेता। तस्विरः कृष्ण ढुंगाना

काठमाडौं—नेपाली कांग्रेसभित्रको कृष्णप्रसाद सिटौला समूहले दशैँको अवसर पारेर संविधान कार्यान्वयनको विषयमा मिडियाकर्मीसँग अन्तरक्रिया गरेको छ। छापा, टेलिभिजन, अनलाइनका सम्पादकसँग भएको अन्तरक्रियामा संविधान कार्यान्वयन पक्ष पेचिले बनेकोमा चिन्ता व्यक्त गरिएको थियो।

लाखौं गिगाबाइट्स सूचनाबाट तत्क्षण सूचित भइरहेको युवा पुस्तालाई राजनीतिक नेतृत्वले सम्बोधन गर्न नसकेको सहभागीले औंल्याएका थिए। प्रशस्त सूचना, तथ्य र तर्क प्रेरित जमातले उठाउने सवालमा नेताहरुबाट चित्त बुझ्दो जवाफ नआउँदा सामाजिक सञ्जालमा गालीखाने अवस्था रहेको उल्लेख गरे।

कार्यक्रममा बोल्दै रिपब्लिाका अंग्रेजी दैनिकका सम्पादक सुभाष घिमिरेले नेताहरु आर्थिक मुद्दामा केन्द्रित हुन नसक्दा देशले उन्नति र विकासमा फड्को मार्न नसकेको बताए। ‘कूल गार्हस्थ उत्पादन बढाउने बारेमा राजनीतिक नेताहरु एक घन्टासम्म बोल्न सक्दैनन्’, उनले भने, ‘अहिलेसम्म आर्थिक उन्नतिको मुद्दामा कुरा गर्न कोही तयार भएको मैले पाएको छैन।’

नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेलले राजनीतिक काठमाडौंकै बाटाघाटाहरुको अवस्था नाजुक रहेको भन्दै लामो समयसम्म सरकारमा बसेका पार्टीहरुले विकासलाई प्राथमिकता नदिँदा जनतामा निरासा छाएको उल्लेख गरे।

जनतामा व्याप्त राजनीतिक वितृष्णाप्रति पार्टीगत नेतृत्व जिम्मेवार रहेको भन्दै सहभागीहरुले विकास र आर्थिक उन्नतिका कार्यमार्फत् जनआकांक्षा समेट्न सक्नुपर्ने उल्लेख गरे। इमानमा अडिग रहन नसक्ने प्रवृत्ति देखिँदा नेताहरुले जनता आशावादी हुन नसकिरहेको सहभागीले सुनाएका थिए।

कान्तिपुर टेलिभिजनका सम्पादक दिलभुषण पाठकले सामाजिक सञ्जालमा आउने सर्वसाधारणको प्रतिक्रियाले नेताहरुको हैसियत देखाउने उल्लेख गरे। ‘राजनीतिक नेतासँगको शो युट्युब च्यानलमा अपलोड गर्दा त्यसमा आउने कमेन्ट्समा गाली धेरै हुन्छ। त्यो उच्चारण गर्न सक्ने पनि हुँदैन’, उनले सुनाए, ‘तर एउटा सारङ्गी बजाउने कलाकारसँगको शो राख्दा सबैले धन्यवाद भन्छन्। जनताबीच नेताको छवि कस्तो छ यसले प्रतिविम्बित गर्छ।’

लाखाैं गिगाबाइट्स सूचनाबाट तत्तक्षण सूचित भइरहेको युवा पुस्तालाई राजनीतिक नेतृत्वले सम्बोधन गर्न नसकेको सहभागीले औंल्याएका थिए। प्रशस्त सूचना, तथ्य र तर्क प्रेरित जमातले उठाउने सवालमा नेताहरुबाट चित्त बुझ्दो जवाफ नआउँदा सामाजिक सञ्जालमा गालीखाने अवस्था रहेको सहभागीले उल्लेख गरे।

करिब दुई दर्जन सञ्चारकर्मीको विचार सुनिसकेपछि नेता कृष्णप्रसाद सिटौलाले छोटो जवाफ दिएका थिए। उनले नेपालको राजनीति जनआकांक्षाअनुरुप तीब्र गतिमा अघि बढ्न नसकेको बताए। संविधान जारी हुनु एउटा सकारात्मक संकेत रहेको भन्दै उनले दुनियाँमा कहीँ पनि संविधान सर्वसम्मत नहुने उल्लेख गरे। ‘सर्वसम्मत बनाउन सक्दा राम्रो हो तर अब जारी भइसकेको संविधानलाई सन्तुलन मिलाएर लैजानुपर्छ’, उनले भने।

स्वास्थ्यमन्त्री एवं कांग्रेस नेता गगन थापाले ७ साल, ४६ साल र ०६२/६३ को आन्दोलनको नेतृत्व गरेको कांग्रेसले २०८० मा अर्को आन्दोलनको नेतृत्व गर्नु नपरोस् भन्ने चाहेको उल्लेख गरे।

कार्यक्रममा नेताहरु उमाकान्त चाैधरी, भीमसेन दास प्रधान,  प्रदीप पाैडेल लगायत नेताहरुको उपस्थिति थियो।

प्रकाशित: १४ आश्विन २०७३ ०८:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App