७ वैशाख २०८१ शुक्रबार
राजनीति

सरकारको प्रतिरक्षा गर्न प्रम ओलीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका राम्रा कामको प्रचार गर्न र विपक्षीबाट आउने प्रहारको प्रतिरक्षा गर्न पार्टीका सबै सांसदलाई निर्देशन दिएका छन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संयुक्त संसदीय दल (संघीय संसद् र राष्ट्रियसभा)लाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो निर्देशन दिएका हुन्। उनले ‘सरकारले राम्रो काम गरिरहेको छ। ‘विपक्षीले चलाएका हल्लाको पछि नलाग्नुहोस् मन्त्रीहरूले पनि माननीयहरूलाई मन्त्रालयले गरेका राम्रा कामहरूको जानकारी दिनुहोस्,’ ओलीले भने।

राजनीतिक आन्दोलन सफल हुने तर तिनका उपलब्धिको संरक्षण नहुने अवस्थाको अन्त्य गर्नुपर्ने भन्दै उनले २००७ सालमा राणाविरोधी आन्दोलन सफल भयो तर त्यसको उपलब्धिको संरक्षण नभएको बताउँदै २०४६ सालको आन्दोलन सफल भयो, त्यसको पनि उपलब्धि संस्थागत नभएकाले प्रधानमन्त्री ओलीले भने, ‘२०६२÷०६३ को जनआन्दोलनका उपलब्धिलाई पनि संस्थागत हुन नदिने र सफल हुन नदिने मनसाय बोकेका केही मानिसहरू छन्। तिनको मनसाय पूरा हुन दिनुहुँदैन।’

प्रधानमन्त्री ओलीले यो विधयक अधिवेशन भएकाले सरकारले संसद्मा पेस गरेका विधयकको गहन अध्ययन गर्न र त्यसमा सुझाव दिन सांसदलाई निर्देशन दिएका छन्। ‘विधयकहरू पारित भएपछि कानुनको रूपमा आउँछन्। त्यसकारण यसको गहन अध्ययन गर्नुहोस्। पार्टी नीति र सिद्धान्तअनुसार आफ्ना कुराहरू राख्नुहोस्,’ ओलीले भने।

प्रकाशित: १२ पुस २०७५ ०५:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App