८ वैशाख २०८१ शनिबार
समाज

भारतीय नम्बर प्लेटको लहरीले किचेर महिलाको मृत्यु, चालक फरार

विराटनगर–विराटनगरस्थित भृकुटी चोक नजिक लहरीले किचेर महिलाको मृत्यु भएको छ। शुक्रबार मध्यान्न भारतीय नम्बर प्लेटको एन एल् ०१–०१२६ नम्बरको लहरीले किच्दा कोसी हरैचा नगरपालिका—३ की मनिषा बस्नेतको घटनास्थलमै मृत्यु भएको हो।

दक्षीणबाट उत्तरतर्फ जा“दै गरेको ७ प ४५२० नम्बरको मोटरसाईकललाई सोहि दिशाबाट आउ“दै गरेको लहरीले ठक्कर दिँदा पछाडि सवार मनिषालाई किचेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख धनप्रसाद सिवाकोटीले जानकारी दिए।

उनका अनुसार मोटरसाईकल चालक मनिषाका श्रीमान् शुक्र बस्नेतको अवस्था सामान्य रहेको छ। महिला किच्ने लहरीका चालक फरार रहेको र लहरीलाई प्रहरीले नियन्त्रणमा लिएको सिवाकोटीले जानकारी दिए।

प्रकाशित: १४ आश्विन २०७३ ०८:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App