coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

मयंकको डेब्यु सफल

मेलबर्न –  भारतीय टेस्ट क्रिकेटका पावरहाउस चेतेश्वर पुजारा र विराट कोहलीको अनुशासित ब्याटिङको मद्दतमा भारतले अस्ट्रेलियाविरुद्धको तेस्रो टेस्टमा पहिलो दिन बुधबार मध्यम स्कोर खडा गरेको छ।

मेलबर्नमा भएको खेलमा कप्तान कोहली र चेतेश्वरले ९२ रनको साझेदारी गरेपछि भारतले पहिलो दिनको समाप्तिमा दुई विकेट गुमाउँदै २ सय १५ रनको मध्यम स्कोर खडा ग-यो। भारतले पहिलो दिन मध्यम स्कोर खडा गर्दा डेब्यु गरेका मयंक अग्रवालले पनि ७६ रनको योगदान दिएका थिए। यसै शृंखलामार्फत डेब्यु गरेका हनुमा विहारीले पहिलो पटक ओपनिङ गर्ने अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन्।

यसअघिका दुई टेस्टमा लोकेश राहुल र मुरली विजयले ओपनिङ जोडी समालिरहेका थिए। तर, दुवैले १५ रनभन्दा माथिको स्कोर बटुल्न नसकेपछि भारतीय प्रशिक्षक रवि शास्त्रीले लोकेश र मुरलीलाई फिर्ता बोलाउँदै मयंक र हनुमालाई ओपनिङ गराउने जोखिम लिएका थिए। दुवै ब्याट्सम्यानले यसै शृंखलामार्फ त डेब्यु गरेकाले उनीहरूबाट ओपनिङ गराउनु टिम व्यवस्थापका लागि निकै जोखिमपूर्ण निर्णय थियो।

यद्यपि, मयंकले आफूलाई प्रमाणित गर्दै ७६ रन बनाए पनि हनुमा ८ रनमै पवेलियन फर्केका थिए। अस्ट्रलियाका तीव्र गतिका बलर प्याट कमिन्सले ६६ बल खेलेका हनुमालाई आउट गरेका थिए। आफ्नो इनिङमा ८ चौका र एक छक्का प्रहार गरेका मयंक पनि कमिन्सकै बलको सिकार भए। मयंकले दोस्रो विकेटका लागि चेतेश्वरसँगमा ८३ रनको साझेदारी गरेका थिए। त्यससँगै कमिन्सले दुई विकेट लिँदै ४० रन खर्चिए। भारतले १ सय २३ रन बनाउँदा २ विकेट गुमाए पनि विराट र चेतेश्वरले पारी सम्हालेका थिए। विराटले ४७ रन र चेतेश्वरले ६८ रनबाट बिहीबारको दोस्रो दिनको खेल सुरुआत गर्नेछन्।

विराटको इनिङमा ६ चौका समावेश छ। चेतेश्वरले अर्धशतकीय इनिङ खेल्दा ६ चौका नै प्रहार गरेका छन् । टस जितेको भारतले ब्याटिङ रोजपछि करिब ७३ हजार पाँच सय समर्थकका बीच डेब्यु मयंकलाई समस्या हुने आकलन गरिए को थियो। तर, मयंकले समालिएर खेल्दै घरेलु टोलीका तीव्र गतिका बलरमाथि हाबी भए।  

अस्ट्रेलियामा डेब्यु गर्ने भारतीय ब्याट्सम्यानमध्ये उनले सर्वाधिक स्कोर खडा गरे। ‘म एकदम खुसी छु। मैले टिमका लागि आफ्नो जिम्मेवारी केही मात्रमा पूरा गर्न सकें,’ मयंकले भने, ‘उनीहरूले एकदम राम्रो बलिङ गरे। उनीहरूको राम्रो बलमा समालिएँ। खराब बलमा फाइदा लिएँ। त्यसैले केही गर्न सकें। आगामी दिन पनि यसलाई निरन्तरता दिनेछु।’

चार खेलको शृंखलामा १–१ को बराबरी भएको छ। भारतले पहिलो टेस्ट ३१ रनले जिते पनि दोस्रो टेस्टमा १ सय ४६ रनको हार बेहोरेको छ। अस्ट्रेलियाका खेलाडी ट्रभिस हेडले बिहीबार बिहानको खेल आफ्ना लागि निकै खराब रहने बताएका छन्। ‘बिहीबार हाम्रा लागि केही अफ्ठ्यारो हुनेछ। उनीहरूले निकै राम्रो ब्याटिङ गरेका छन्। त्यसैले दबाब पनि दिनेछन्। यो रिदम तोड्न सके हाम्रा बलर उत्कृष्ट लयमा फर्कनेछन्।’

प्रकाशित: १२ पुस २०७५ ०४:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App