नेकपामा पोलिटब्यूरो गठन धकेलिँदै

बिहिबार, १२ पुष २०७५, ०७ : ३१ टपेन्द्र कार्की

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को चालु स्थायी कमिटी बैठकबाट पनि पोलिटब्यूरो गठन हुन नसक्ने देखिएको छ। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल पोलिटब्यूरो ठनका लागि सकारात्मक नदेखिएपछि जारी स्थायी कमिटी बैठकले उक्त विषय अघि नबढाउने संकेत देखिएको हो।

पार्टी एकीकरणको तीन महिनाभित्रै तल्लो तहसम्मको एकताका प्रक्रिया टुंगो लगाउने भनिए पनि अहिलेसम्म पोलिटव्ब्यूरो गठन प्रक्रिया नेतृत्वले अघि बढाएको छैन। नेता वामदेव गौतमले जारी स्थायी कमिटी बैठकमा लिखितरूपमा पोलिटब्यूरो गठनको प्रस्ताव पेस गरेका छन्। नेपकमा केन्द्रीय कमिटी सदस्यहरूलाई पनि जिम्मेवारी दिइएको छैन। बैठक स्रोतका अनुसार तत्काल पोलिटब्यूरो गठन नगरी सचिवालय र स्थायी कमिटी बैठकबाटै पार्टी सञ्चालन गर्ने रणनीतिमा दुवै अध्यक्ष रहेका छन्।

बुधबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्तिपछि स्थायी कमिटीका धेरैजसो सदस्यले तत्काल पोलिटब्यूरो गठन नहुने संकेत गरेका थिए। अध्यक्ष दाहालले सांगाठिक विषय टुंग्याउन एक समिति बनाउन सकिने भन्ने अभिव्यक्ति दिएका थिए। ‘पार्टी संगठन भनेको जीवन हो यसलाई जीवन्त राख्नुपर्छ, त्यसकारण सांगठानिक विषयमा जे जति कुरा आएका त्यसको सम्बोधनका लागि एक समिति बनाएर जान सकिनेछ,’ भन्दै अध्यक्ष दाहालले केन्द्रीय सदस्यको कार्यविभाजन र पोलिटब्यूरो गठनसम्बन्धी विषयमा उठेका सवालको जवाफ दिने प्रयास गरेको बैठक स्रोतले जानकारी दिएको छ।

पार्टी संगठन भनेको जीवन हो यसलाई जीवन्त राख्नुपर्छ, त्यसकारण सांगठानिक विषयमा जे जति कुरा आएका त्यसको सम्बोधनका लागि एक समिति बनाएर जान सकिनेछ।

उनले स्थायी समिति सदस्यले तत्कालै पोलिटब्यूरो गठन गर्दा १ सय ४७ जनाको बन्नेछ। तर नेता गौतमले राखेको प्रस्तावअनुसार भने केन्द्रीय कमिटीमा ७७ जना महिला मनोनयन गरेर पोलिटब्यूरो गठन गर्दा १ सय ७१ जनाको बन्नेछ। नेता गौतमले राखेको प्रस्तावअनुसार पार्टी एकिकरणको प्रक्रिया नटुंगिएकै अवस्थामा केन्द्रीय सदस्य ५ सय १८, पोलिटब्यूरो १ सय ७१ जनाको छ। नेता गौतमले संविधान बमोजिम ३३ प्रतिशत महिला पु-याउन ७७ जना महिला मनोनित गरेर ५ सय १८ सदस्यीय केन्द्रीय कमिटी पु-याउनुपर्ने प्रस्ताव गरेका हुन्। केन्द्रीय सदस्यको संख्या बढाएपछि केन्द्रीय कमिटीको एकतिहाइ १ सय ७१ सदस्यीय पोलिटब्यूरो, ५७ सदस्यीय स्थायी कमिटी र १९ सदस्यीय सचिवालय बनाउनुपर्ने धारणा छ।

नेकपाका २१ जना केन्द्रीय सदस्यहरूले पनि पोलिटब्यूरो गठन गरेर मात्रै केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्न माग गरेका थिए। केन्द्रीय सदस्यहरू विजय पौडेल, जगन्नाथ खतिवडा, ठाकुर गैरे, रामकुमारी झाँक्री, माधव अर्याललगायत नेताले प्रादेशिक तहको एकता तथा कमिटीगत समायोजनका लागि केन्द्रीयस्तरबाट नै प्रयास गर्नुपर्ने र तल्ला कमिटी तथा जनसंगठनलाई आ–आफ्नो एकीकरण, समायोजन र कामको जिम्मेवारी बाँडफाँटको काम आफैं टुंग्याउन दिनुपर्ने माग गरेका थिए। स्थायी कमिटीको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, घनश्याम भुषाललगायतका नेताले पोलिटब्यूरो गठनसम्बन्धी अजेन्डा टुंग्याएर मात्र कार्यविभाजन गर्नुपर्ने मत राखेका छन्।

परिमार्जन गर्ने आश्वसन
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले बैठकमा उठेका सबै विषय समेटेर लैजाने आश्वासन दिएका छन्। पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा राजनीतिक प्रतिवेदनमाथि उठेका विषयलाई समेट्दै दाहालले छलफलका क्रममा आएका सकारात्मक तथ्यलाई परिमार्जन गर्ने बताए।

दाहालले स्थायी कमिटी सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै सरकार र पार्टी भिन्न भएकाले पार्टीकै निर्देशनमा सरकार सञ्चालन हुने भन्दै बैठकमा उठेका विषयलाई आफू सच्याउन तयार भएको बताएका थिए। स्थायी कमिटीका एक सदस्यका अनुसार बैठकमा दाहालले वैचारिक, सैद्धान्तिक, सांगठनिक र सरकारका कामकारबाहीका विषयमा धारणा राख्दै पार्टीकै निर्देशनमा सरकार सञ्चालन हुने भएकाले सरकार र पार्टीलाई एकसाथ अघि बढाइने बताए।

‘सरकारले पार्टी चलाउने होइन, पार्टीले सरकार चलाउने अवस्था हुनुपर्छ, यो हुन्छ नै,’ उनले भने। उनले पार्टीले सरकारको विरोध गर्नुभन्दा सघाउनु पर्ने धारणा राख्दै घुमाउरो पारामा सरकारको बचाउसमेत गरे। पार्टी एकतामा अस्वाभाविक ढिलाइ भएको यसले तल्लो तहमा असर परेको तथा तल्लो तहसम्मको एकतामा ढिलाइ भएको पनि दाहालले बैठकमा स्वीकार गरे।

अध्यक्ष दाहालले १ घण्टा ५५ मिनेट बोलपछि बुधबारको बैठक सकिएको थियो। स्थायी कमिटीको अर्को बैठक बिहीबार दिउँसो ३ बजे बस्ने कार्यक्रम रहेको छ। बैठकमा प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीले नेताहरुले उठाएका प्रश्नको जवाफ दिनेछन्। ओलीको जवाफपछि नेकपाको स्थायी कमिटी बैठक सकिनेछ।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad