coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

वाइड बडी अन्नपूर्ण दोस्रोपटक ग्राउन्डेड

काठमाडौं – नेपाल वायुसेवा निगमको वाइड वडी (अन्नपूर्ण) जहाज ग्राउन्डेड भएको छ। मंगलबार दिल्लीबाट फर्किएको जहाजको पखेटामा कुच्चिएको देखिएपछि ग्राउन्डेड गरिएको निगमले जनाएको छ। यसअघि सोही जहाज कात्तिक २२ गते बे्रक सिस्टममा खराबी देखिएपछि कतारको दोहा विमानस्थलमा ग्राउन्डेड भएको थियो। त्यसको तीन हप्तापछि उक्त जहाज फेरि ग्राउन्डेड भएको हो।

उक्त नयाँ जहाज ६ महिनाअघि असारमा नेपाल आइपुगेको हो। यो जहाज मंगलबार नयाँ दिल्लीबाट फर्किएपछि बैंगलोर उड्नुअघि इन्जिनियरले निरीक्षण गर्दा बायाँ पखेटाको अग्रभाग कुच्चिएको फेला परेको थियो। निगमका सहप्रवक्ता नवराज कोइरालाका अनुसार उडान वा ल्यान्डिङको क्रममा जहाज चरा वा अरु केहीमा ठोक्किएको अनुमान गरिएको छ। जहाज मर्मतको विषयमा एअरबस निर्माता कम्पनीसँग छलफल भइरहेको उनले जानकारी दिए।

‘छलफलपछि मात्रै जहाज कहिले बन्छ भनेर टुंगो लाग्नेछ,’ उनले भने। उनका अनुसार यो जहाज ग्राउन्डेड भए पनि नियमित उडानमा कुनै असर पर्दैन। बुधबारको डिल्ली उडान तीन घन्टा डिले भएको थियो। अहिले अन्नपूर्णले उडान गर्ने ठाउँमा अर्को जहाजले गर्ने उनले बताए।

निगमसँग नियमित अन्तर्राष्ट्रिय उडान भर्न दुई सय ७४ सिटे र एक सय ५८ सिटे जहाज २–२ थान छन्। दुई सय ७४ सिटे वाइड बडी र एक सय ५८ सिटे न्यारो बडी जहाज हो। अन्नुपूर्ण ग्राउन्डेड भएसँगै बाँकी तीन जहाजले अन्तर्राष्ट्रिय उडान गर्ने निगमले बतायो।

प्रकाशित: १२ पुस २०७५ ०१:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App