संसदमा राजेन्द्र महताेको आक्रोश

‘प्रचण्डजी ! तपाई आन्दोलन गर्दा प्रधानमन्त्री हुने, रेशम चौधरी जेल जानुपर्ने?’

बुधबार, ११ पुष २०७५, १७ : ५८ नागरिक

काठमाडौं– राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले रेशम चौधरीलाई रिहा गरी संसदमा बस्ने वातावरण बनाउन माग गरेका छन्।

बुधवारबाट सुरु भएको प्रतिनिधिसभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै संयोजक महतोले जनताबाट निर्वाचित भएर आएका रेशम चौधरी संसदमा बस्नुपर्छ कि पर्दैन भनी प्रश्न गरे। 

‘प्रचण्डजी तपाईले १० वर्षे जनयुद्ध गर्नुभो, १०÷२० हजार मान्छे मारिँदा, सुरक्षाकर्मी मारिँदा प्रधानमन्त्री हुनुभयो। धेरै जना मन्त्रीहरु छन्, तपाईहरु कसैलाई मुद्दा नलाग्ने?’ उनले आक्रोश पोखे, ‘थारुले आन्दोलन गर्दा थुन्ने, जनताबाट निर्वाचित सांसदलाई जेलमा राख्ने?’

उनले थपे, ‘मधेसी हुँदैमा पेल्दिने, यसकै लागि हामी लडेको, आन्दोलन गरेको, एक्लै गरेको हो तपाईले? तपाईले आन्दोलन गर्दा प्रधानमन्त्री हुने, थारुको छोरा आन्दोलन गर्दा जेलमा हुने? तपाईमाथि मुद्दा नलाग्ने, हामीमाथि मुद्दा लाग्ने। कसरी शान्ति हुन्छ, यसरी हुन सक्दैनन नी?’ 

निर्वाचित सांसदलाई सदनमा उपस्थित नगराउनु जनता, संविधान र संसदको अपमान भएको उनको भनाई छ। उनले नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई पटक पटक सम्बोधन गरी यसबारे सोच्न आग्रह गरे।

अहिलेको दुई तिहाई सरकार ‘खोदा पहाड, निक्ला चुहा’ जस्तो भएको टिप्पणी गर्दै जनताको आशा, विश्वास र भरोसा निराशामा परिणत हुँदै गएको दाबी गरे। ‘प्रधानमन्त्री, मन्त्रीहरु आफै थप्थपाएर हुँदैन, जनताले राम्रो भन्नुपर्यो नी। आफै भनेर हुन्छ?’ उनले प्रश्न गरे। 

नेपालगञ्जका रामहरि यादवलाई जेलमा कुटीकुटी मारिएको आरोप लगाउँदै यस घटनाका लागि सभामुखले छानविन समिति गठन गर्न रुलिङ गरे पनि सरकारले नगरेको भन्दै आक्रोश पोखे। ‘यसरी चल्छ मुलुक, यसरी लोकतन्त्र रहन्छ? निर्मला हत्या प्रकरणमा खै त बलात्कारी कहाँ हरायो?’ उनले भने। 







यसमा तपाईको मत

अन्य समाचार

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघको तेस्रो वार्षिक सधारणसभा सम्पन्न भएको छ । ...

डिप्रोक्सको तनाव व्यवस्थापन तालिम

डिप्रोक्सको तनाव व्यवस्थापन तालिम

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाको उच्च व्यवस्थापनलाई लक्ष्य गरी साउन २९ र ३० गते आवासीय तनाव व्यवस्थापन तालिम आयोजना...

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लगानी सुरु

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लगानी सुरु

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आफ्नो लगानीको सुरुवात कास्कीको माछापुच्छ्रे र सर्दीखोला गाउँपालिकास्थित ३२ मेगावाट  उत्पादन क्षमतको करुवा सेती हाइड्रोपावर परियोजनाबाट गरेको...

काञ्जिरोवामा स्टिम प्रशिक्षण

काञ्जिरोवामा स्टिम प्रशिक्षण

कोटेश्वरस्थित काञ्जिरोवा नेसनल माध्यमिक विद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (स्टिम) विषयक दुई दिवसीय प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न भएको छ ।

हुन्डाइको फेस्टिभ डिलाइट योजना सार्वजनिक

हुन्डाइको फेस्टिभ डिलाइट योजना सार्वजनिक

हुन्डाई अटोमोबाइल्स नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई फेस्टिभ डिलाइट २०७६ योजना ल्याएको छ । ...

एसियन पेन्ट्सको डिजाइन प्रतियोगिताका विजेता घोषित

एसियन पेन्ट्सको डिजाइन प्रतियोगिताका विजेता घोषित

गत पुसमा सुरु दी कलिस्डकोप– अखिल नेपाल आर्किटेक्चर स्टुडेन्ट्स डिजाइन प्रतियोगिता २०१८–२०१९ को विजेता घोषणा गरिएको छ । ...

सोमस्र्वीद्धारा आयोजित कार्यक्रममा युवाको ठूलो आकर्षण

सोमस्र्वीद्धारा आयोजित कार्यक्रममा युवाको ठूलो आकर्षण

सोमस्र्वीद्धारा आयोजित कार्यक्रम "Sing with Sushant" मा सुशान्त केसीसँगको संगीतमय साँँझले "Sing with Sushant" मा युवा र संगीत प्रेमीहरुको ठूलो...

आइएमई लाइफ दोस्रो वार्षिकोत्सब

आइएमई लाइफ दोस्रो वार्षिकोत्सब

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको व्यवसायिक कारोवार बिधिवतरुपमा सञ्चालन भएको दुई वर्ष पूरा भएको छ। ...

Ncell Footer Ad