coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रोनाल्डोको निजी जेट विमान दुर्घटनाग्रस्त

बार्सिलोना–पोर्चुगल तथा रियल मड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको निजि विमान बार्सिलोनामा दुर्घटनाग्रस्त भएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएकाछन्।

संचार माध्यमका अनुसार बार्सिलोनको एक स्थानीय विमानस्थलमा अवतरणका क्रममा रोनाल्डोको निजि जेट विमान दुर्घटनामा परेको हो। विमानको ल्यान्डिङ गियरमा समस्या आएपछि विमान अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ।

विमान रन वे भन्दा केहि पर रोकिएको थियो र त्यसका कारण विमानस्थल केहि समय अवरुद्ध भएको बताइएको छ। उक्त दसर्घटनामा विमानका चालक सामान्य घाइते भएका छन्। तर दुर्घटनाको समयमा रोनाल्डो र उनको परिवारका सदस्य भने विमानमा नरहेको जनाइएको छ।

उक्त समयमा रोनाल्डो भने च्याम्पियन्स् लिग अन्तर्गतको  बारुसिया र्डटमनविरुद्धको खेलका लागि जर्मनीमा थिए।
 

प्रकाशित: १४ आश्विन २०७३ ०६:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App