coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

संसदमा देउवाकाे प्रश्न : सरकार खोई?

काठमाडाैं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा सरकारै नभएको बताएका छन्। बुधवारबाट सुरु भएको संसदको हिउँदे अधिवेशनमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल बोलेलगत्तै आएका उनले दाहालले दाबी गरेका कुराहरुको कडा आलोचना गरे।

देशमा शान्ति सुरक्षा आएको जनताले विकासको अनुभूति गरेको भन्ने नेकपा अध्यक्ष दाहालको दाबीमा उनले कडा शब्दमा जवाफ दिँदै भने "निर्मला पन्तका हत्यारालाई लुकाउन खोजेर एक निर्दोश व्यक्तिलाई पक्राउ गर्दै उसको मानसिक अवस्था खल्बल्याउनु न्याय हो?, एक निर्दोष व्यक्ति पक्राउ गर्दै उसलाई टर्चर दिएर जबरजस्ती घटना कबोल गराउन खोज्ने? खोइ कहाँ छ न्याय दिने सरकार? सरकारका यस्ता क्रियाकलापले दाेषिलाइ लुकाउन खोजेको प्रष्ट हुन्छ।"

फरक प्रसंगमा प्रधानमन्त्री ओलीको आलोचना गर्दै उनले आफ्नो कार्यकालमा ल्याएको सामाजिक सुरक्षा योजनामा प्रधानमन्त्री ओलीले आफ्नो तस्बिर सहित प्रचार गरेको आरोप लगाए। उनले भने "अर्काले गरेको काम आफुले गरेको देख्ने, मेरो कार्यकालमा मैले ल्याएको योजनामा ठुल्ठुला तस्बिर मार्फत आफूले नै ल्याए जस्तो गरी प्रचार गर्ने, सक्नु हुन्छ भने नयाँ योजना ल्याउनुस्। नयाँ काम गर्नुस्।"

सरकारले एसिया प्यासिफिक सम्मेलनमा जनाएको सहभागिताको चर्को आलोचना गर्दै सभापति देउवाले एउटा धर्म प्रचारक विवादास्पद संस्थाको प्रायोजक सरकार बन्न मिल्छ भनेर प्रश्न गरे। देउवाले यस्ता क्रियाकलापले समेत सरकार कुन दिशातर्फ जाँदै छ भन्ने प्रष्ट भएको बताए। देशमा संघीयता आइसकोको भएपनि अझै त्यसको अनुभुति सरकारले गराउन नसकेको देउवाले आरोप लगाए।

 

प्रकाशित: ११ पुस २०७५ ११:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App