coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

रित्ताे ट्रक फर्काउने स्थितीले विपन्नता मात्रै ल्याउँछ : मुख्यमन्त्री शाही

फाइल तस्बिर

रुकुम (पश्चिम) -कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले ट्रकका ट्रक स्थानीय उत्पादन वजार पठाउन सके मात्रै समृद्धि आउने  वताएका छन्। चाउचाउ वोकाएर ट्रक भित्र्याउने र रित्तै फर्काउने स्थितीले जनताको जिवनमा विपन्नता मात्रै आउने मुख्यमन्त्री शाहीले बताए।

आर्थिक समृद्धिका लागि उत्पादनको योजना वनाउन आवश्यक रहेको उनले बताए। रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको आयोजनामा बुधवार चौरजहारीमा सम्पन्न सर्वपक्षिय अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री शाहीले आर्थिक समृद्धि हाँशील गर्न हरेक स्थानीय तहले उत्पादनको योजना निर्माण गर्नुपर्ने वताए। हरेक नागरिकले कुनै न कुनै व्यवसायीक उत्पादनको थालनी गर्नुपर्ने भन्दै मुख्यमन्त्री शाहीले उत्पादन विना आर्थिक समृद्धि हाँशील नहुने वताए।

अर्गानिक कृषिजन्य वस्तुको विश्ववजारमा ठुलो माग रहेको वताउदै उनले व्यवसायिक कृषिको विकासले मात्रै पनि मुलुक आर्थिक रुपले आत्मनिर्भर हुनसक्ने वताए। ‘विकासको दायित्व राज्यको हो, सडक, पुल, सिंचाई, खानेपानी लगायतका भौतिक पुर्वाधारको विकास राज्यले गर्छ’ मुख्यमन्त्री शाहीले भने, ‘तपाईहरु सवैजना उत्पादनको योजना वनाएर कार्यान्वयनमा लाग्नुहोस्।’ कृषि तथा जडीवुटीजन्य उद्योगको राम्रो सम्भावना रहेको भन्दै मुख्यमन्त्री शाहीले चौरजहारीलाई औद्योगिक शहरको रुपमा विकास गरिने वताए।

 

प्रकाशित: ११ पुस २०७५ १०:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App