गहना चोरी गर्ने दशजना पक्राउ

बुधबार, ११ पुष २०७५, ११ : ५५ नागरिक

काठमाडौं- महानगरीय प्रहरी वृत्त महाराजगञ्जले घर फोरेर चोरी गर्ने दश जनालाई पक्राउ गरेको छ। वृत्तको टोलीले उपत्यकाका विभिन्न स्थानमा घर फोरी चोरी गर्ने कार्यमा सङ्लग्न सुमन थापामगर, मनिषा नेम्वाङ, अनिसा खाम्चामगर, सोनी लामा, सुनिल मगर, उद्धव थापा, रविन थापामगर, सविता सुनुवार, सञ्जय तामाङ र गौतम मन्नालाई मङ्गलबार साँझ पक्राउ गरेको हो। वृत्तका प्रमुख फणिन्द्र प्रसाइका अनुसार गोँगबु क्षेत्रमा चोरी गर्नेलाई चार दिनको खोजतलासपछि पक्राउ गरिएको हो। 

चोरी गरेका गहना उनीहरुले न्यूरोडस्थित गौतम मन्नाको पसलमा बिक्री गर्ने गरेका थिए । त्यही गहना स्वरुप परिवर्तन गरी ग्राहकलाई बेच्ने गरेको अनुसन्धानका क्रममा खुलेको छ । पक्राउ परेकाबाट प्रहरीले सुनको ब्रासलेट एक थान, मङ्गलसुत्र एक थान, सुनको बेरुवा औँठी एक थान, सुनको झुम्का एक जोर, तिलहरी एक थान, सुनको जन्तर दुई थान, मोबाइल सात थान, नगद रु ९४ हजार, घडी पाँच थान तथा पर्स एक थान बरामद गरेको छ। रासस








यसमा तपाईको मत

अन्य समाचार

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया बैंक र लोक सेवा आयोगबीच राजस्व संकलनसम्बन्धी सम्झौता भएको छ । ...

Ncell Footer Ad