coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

नेपालले माघ दोस्रो साता युएईसँग खेल्ने

काठमाडौं – माघको दोस्रो साताबाट नेपालले दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता युएईसँग खेल्ने भएको छ।

एकदिवसीय मान्यता पाएपछि नेदरल्यान्ड्सँग पहिलो शृंखला खेलेको नेपालले अन्तर्राष्ट्रिय तालिकाअनुसार आगामी माघ ९ देखि २१ गतेसम्म युएईसँग दोस्रो एकदिवसीय शृंखला खेल्न लागेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) का नेपाल प्रतिनिधि तथा क्यानका पूर्व प्रमुख कार्यकारी भावना घिमिरेले जानकारी दिइन्।

युएईसँग हुन लागेको शृंखलामा नेपालले तीन एकदिवसीय र तीन ट्वान्टी–२० प्रतियोगिता खेल्ने तय भएको घिमिरेले जानकारी दिइन्। ‘आइसिसीले खेलतालिका सार्वजनिक गर्न बाँकी छ। आगामी जनवरी २३ देखि फेब्रुअरी ४ (माघ ९ देखि २१) सम्म प्रतियोगिता गर्ने योजना रहेको छ।’

नेपाल र युएईबीचको शृंखलाकै कारण धनगढीमा आयोजना हुने तेस्रो संस्करण धनगढी प्रिमियर लिग प्रतियोगितासमेत एक साता पर सारिएको छ। आइसिसीबाट एकदिवसीय मान्यता पाएपछि नेपालले नेदरल्यान्ड्ससँग गत साउनमा पहिलो एकदिवसीय शृंखला खेलेको थियो।

नेदरल्यान्ड्समा सम्पन्न दुई एकदिवसीय खेलमध्ये पहिलो नेपालले नेदरल्यान्ड्सलाई ५५ रनको नतिजा सुम्पिएको थियो भने दोस्रो खेलमा रोमाञ्चक १ रनको जित निकालेको थियो। दुवै देश आइसिसीबाट अन्तर्राष्ट्रिय एकदिवसीय मान्यता पाउने कान्छा सदस्य राष्ट्र हुन्। दुवै मुलुकले गत वर्ष जिम्बाब्वेमा भएको विश्वकप छनोटबाट एकदिवसीय मान्यता पाएका थिए।

प्रकाशित: ११ पुस २०७५ ०४:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App