coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

अस्ट्रेलियाली टोलीमा मार्स

मेलबर्न – अस्ट्रेलियाले मध्यपंक्तिका ब्याट्सम्यान पिटर ह्यान्ड्सकम्बको स्थानमा अलराउन्डर मिचेल मार्सलाई भारतविरुद्धको तेस्रो टेस्टका लागि टोलीमा समावेश गरेको छ।

भारतविरुद्ध तेस्रो टेस्ट बुधबारबाट मेलर्बनमा सञ्चालन हुँदै छ। यसअघि अस्ट्रेलियाको एडिलेड र पर्थमा भएको पहिलो र दोस्रो टेस्टमा ह्यान्ड्सकम्बले राम्रो प्रदर्शन गर्न कोसिस गरेका थिए। ओपनिङ गरेका उनले चार इनिङमा ३४, १४, ७ र १३ रनको व्यक्तिगत स्कोर बनाएका थिए।

मेलबर्न क्रिकेट मैदान बलरका लागि उपयोगी हुने भएकाले उनको स्थानमा क्रिकेट अस्ट्रेलिया (सिए) ले मार्सलाई पहिलो रोजाइमा लिएको हो। चार टेस्टको खेलमध्ये सम्पन्न दुई टेस्ट पाहुना टोली भारत र आयोजक अस्ट्रेलियाबीच बराबरीमा सकिएको छ।

भारतविरुद्धको पहिलो टेस्टमा पराजित भएको अस्ट्रेलियाले पर्थमा सम्पन्न दोस्रो टेस्टमा १ सय ४६ रनको प्रभावशाली विजय हासिल गरेको थियो भने पहिलो टेस्टमा भारतले ३१ रनको विजयी नतिजा हात पारेको थियो। दोस्रो टेस्टमा पाएको लयलाई अस्ट्रेलिया मेलबर्न क्रिकेट मैदानमा पनि निरन्तरता दिने  उद्देश्यमा रहनेछ।

मेलबर्न क्रिकेट मैदानमा अस्ट्रेलिया पछिल्लो १० वर्षयता हारेको छैन। मेलबर्नमा विजय हासिल गरे अस्ट्रेलियाले मार्चपछि पहिलो पटक टेस्टमा जित नजिक पुग्नेछ।

प्रकाशित: ११ पुस २०७५ ०४:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App