७ वैशाख २०८१ शुक्रबार
विचार

डाक्टर र हिंंसाका व्यापारी

अखबारमा स्वास्थ्य सेवासम्बन्धी समाचार प्रायः हरेक दिन छापिएका हुन्छन्। अधिकांश समाचार दुखद् हुन्छन्। त्यसमा पनि धेरैजसो समाचारमा डाक्टरको वा अस्पतालको 'लापरबाही' भनिएको हुन्छ। भर्खरै मात्र दोलखामा फेरि अर्को घटना भएको छ। अहिलेसम्म प्रकाशमा आएका सूचना हेर्दा लाग्छ, सत्यतथ्यमा नपसी डाक्टरको दानवीकरण गर्ने काम भई नै सकेको छ। नाम चलेकै पत्रिकाहरुमा समेत झट्ट पढ्नेबित्तिकै डाक्टरकै अर्घेल्याइँं भएको भान पर्ने गरी समाचार छापिइसकेका छन्। 'धर्म निर्वाह' गर्नझैँं गरी पुछारमा छुस्स  डाक्टर र स्वास्थ्यकर्मीका कुरा पनि राखिएका छन्। सामाजिक सञ्जालमा जुन भिडियो सार्वजनिक भएको छ, राम्ररी हेर्दा स्पष्ट हुन्छ– भीडतन्त्रले कति अमानवीय ढङ्गले ती डाक्टर र स्वास्थ्यकर्मीको बेइज्जत गरेको छ। तर नकारात्मकतामै मनोरञ्जन लिने बानी परेकाहरुका निम्ति डाक्टरको अरु दानवीकरण गर्न र हिंंसाभाव भड्काउनका निम्ति सञ्चारमाध्यमले समेत प्रशस्त खुराक पस्किसकेका छन्। नकारात्मकताको यो व्यापारले भित्रभित्रै राष्ट्रकै निम्ति कति हानि गरिरहेको छ, सरोकारवालले ध्यान पुर्‍याउन सकेका छैनन्।

कुरा के भने अस्पतालमा मृत्यु हुने जति सबै लापरबाहीकै कारण हुँदैनन् भन्ने कुरा सबैले बु‰न जरुरी छ। खराब डाक्टर हुँदैनन् भन्ने हैन। त्यस्ता खराब डाक्टर प्रायः बाठा पनि हुन्छन् र उम्कनका लागि अनेकन बाटोको जोहो गरेका हुन्छन् तिनले।

चिकित्सा सेवाका क्रममा लापरवाही हुन्छ कि हुँदैन? कहिलेकाहीँं पक्कै हुन्छ। लापरवाही दण्डनीय हो कि हैन? हो। तर केलाई लापरबाही भन्ने? स्वास्थ्य पत्रकारिता अझै पनि विकसित नभइसकेको यो मुलुकमा चिकित्सा सेवाका क्रममा हुनसक्ने विभिन्न अवाञ्छित परिणामबारे स्पष्टता नहुँदा अस्पताल परिसरभित्र मरेका जति सबै डाक्टरकै लापरबाहीकै कारण मरेका हुन्छन् भनेजस्तो गरी समाचार आउने गर्छन्। अस्पतालमा उपचाररत बिरामीको स्थिति झन् खराब हुने वा मृत्यु हुने कारण के के हुन्छन्? ती कारणको वर्गीकरण कसरी गर्ने? कुन कुन स्थिति दण्डनीय हुन्छन् र कुन कुन स्थितिलाई सहजग्राह्य मान्ने? दण्डनीय स्थिति सिर्जना भएको रहेछ भने त्यो दण्डको भागी को? स्वास्थ्य सेवाकै बारेमा समाचार लेख्नेबीच यी विषयमा अहिलेसम्म पनि अस्पष्टता बाँकी रहनु निश्चय नै लाजमर्दो कुरा हो।

चिकित्सा सेवाका क्रममा जटीलता आउन सक्छन्। प्राप्य प्रविधि, चिकित्सकको ज्ञान र सिप, अन्यत्र प्रेषण गर्न सकिने/नसकिने स्थिति आदिको सीमाभित्र रहेर भगीरथ प्रयत्न गर्दागर्दै पनि बिरामीको स्थिति झन्झन् जटील बन्दै जान सक्छ। एउटा सानो खटिराबाट सुरु भएको समस्या शरीरका प्रमुख अङ्ग तथा अवयव हुँदै विभिन्न शरीर प्रणाली नै निष्त्रि्कय, निष्प्रभावी वा लयविहीनताको स्थितिमा पुग्ने स्थिति आउनसमेत सक्छ। रातदिन खटेर काम गर्दागर्दै पनि यस्तो स्थितिले भयाबह रूप लिन नसक्ने हैन। सामान्य स्थितिबाट कसरी यति डरलाग्दो स्थितिमा प्रवेश भयो भनेर बुझाउने कुरा चुनौतीपूर्ण तह हुन्छ नै, बिरामीका आफन्तलाई यो सब बुझाउन सके पनि अरु वरपरका मानिसले स्थिति भड्काउने काम गरिरहेका हुन्छन्। यथार्थमा यस्तो जटीलता (कम्प्लिकेसन) आएर बिरामीको स्थिति बिग्रनु वा मृत्यु हुनु दण्डनीय हुँदैन।

कुनै बेला उपचारका क्रममा दुर्घटना हुन्छन्। राम्रै सिप र ज्ञान भएका चिकित्सकले काम गर्दागर्दै पनि यस्तो हुन सक्छ। त्यस्तो स्थितिको दण्डनीयता मापन गर्ने काम सत्यतथ्य थाहा नभई गर्न सकिँंदैन। सडक दुर्घटनाको स्थितिमा जस्तै कसैको दोष हो वा कसैको पनि दोष हैन निर्क्याैल गर्न राम्रै अध्ययन गर्नुपर्ने हुन्छ। कुनै बेला डाक्टरले गर्नसक्ने र गर्नुपर्ने सबै गरिसकेपछि पनि नदेखिएका कतिपय कारणले दुर्घटना भइरहेका हुन्छन्। कुनै चिकित्सकको हातबाट बारम्बार दुर्घटना हुने गरेका छन् भने त्यसको पक्कै केही न केही कारण हुन्छ। यस्तो बेलामा ती कारण आफँैमा दण्डनीय छन् वा छैनन् हेर्नुपर्ने हुन्छ। दुर्घटना हुन नदिने उपायहरु हुँदाहुँदै पनि चिकित्सक वा अन्य सरोकारवाला चिकित्सा सेवाप्रदायकबाट वास्ता गरिएको छैन भने त्यसलाई लापरबाही भन्न मिल्छ। लापरबाही नै हो भन्ने यथेष्ट आधार छन् भने अनि त्यसको दण्डनीयताको मापन र दण्डभागीको पहिचान गर्ने काम हुनुपर्ने हुन्छ।

कुनै कुनै बेला लापरबाहीभन्दा पनि दण्डनीय काम खराब केही स्वास्थ्यप्रदायकबाट हुन सक्छन्। त्यो त अपराधकै श्रेणीमा राखेर पनि हेर्नुपर्ने हुन्छ। अहिले त अस्पतालमा बिरामीको मृत्यु हुनेबित्तिकै कुनै खोजबीन नगरी बिनाआधार जेलाई पनि 'लापरबाही' भनिदिँंदा यी सबै स्थिति ओझेलमा पर्न जाने गरेका छन्। कुनैबेला बिरामीका घरपरिवारको नियत नै खराब भएका स्थिति पनि नदेखिने हैनन्। महिनौंंसम्म घरको एउटा कुनामा फ्याँकेर, मयलले कालै पारिसकेको छालामा जुम्राको खेती गरेर, शरीर पहेँंलो हुँदै हरियै भइसकुन्जेल पर्खेर, हाड र छालामात्र भएका वृद्धवृद्धालाई अन्तिम अवस्थामा अस्पताल ल्याएर स्वास्थ्कर्मीलाई आफू कति शक्तिशाली वा कति ठूलो घरानाको भनेर फूर्तिफार्ती गर्ने र यो चाहियो, त्यो चाहियो भनेर माग्ने पनि प्रशस्तै देखिन्छन्। अन्तिम अवस्थामा अस्पतालमा ल्याएर मरेपछि मोलमोलाई गर्ने पनि यदाकदा नदेखिने हैनन्।

कुरा के भने अस्पतालमा मृत्यु हुने जति सबै लापरबाहीकै कारण हुँदैनन् भन्ने कुरा सबैले बु‰न जरुरी छ। खराब डाक्टर हुँदैनन् भन्ने हैन। त्यस्ता खराब डाक्टर प्रायः बाठा पनि हुन्छन् र उम्कनका लागि अनेकन बाटोको जोहो गरेका हुन्छन् तिनले। भीडतन्त्रको आक्रमणमा पर्ने प्रायः सोझा र मेहनती डाक्टर हुने गरेका छन्।

नयाँ पुस्ताका डाक्टरबीच सामाजिक उत्तरदायित्व बहन गर्ने गज्जबका असल डाक्टर छन्। अहिले देशमा हजारभन्दा बढी डाक्टर प्रत्येक वर्ष उत्पादन हुन थालिसकेका छन्। पाँच प्रतिशतमात्र डाक्टर सामाजिक उत्तरदायित्व बहन गर्ने भए भने पनि त्यो भनेको पचास जना हुन्छ। यस्ता असल डाक्टरको संख्या निरन्तर बढिरहेको छ र तिनले अत्यन्त अप्ठेरो स्थतिमा पनि महत्वपूर्ण योगदान दिइरहेका छन्। तिनका बारेमा सञ्चारमाध्यममा अति कम लेखिन्छ, बोलिन्छ। यी नयाँ असल डाक्टरको पंक्तिलाई बढाउने, प्रोत्साहन दिने, यिनलाई राष्ट्रको निधिका रूपमा राज्यले लिने कि नलिने? सञ्चारमाध्यमले लिने कि नलिने? नकारात्मकताको खेती गरेर हामी कहाँ पुगेका छौँ ं? कहाँ पुग्छौँ ं?

जीवन निश्चय नै सर्वोपरि हो तर मृत्युका कारण हुन्छन्। चिकित्सकले वा स्वास्थ्यकर्मीले गर्ने भनेको त कसरी मृत्युलाई पन्छाउने भन्ने प्रयत्न गर्नेमात्र न हो! मानिसका प्रयत्न असफल हुन सक्छन् तर अस्पतालमा कुनै रोगी मर्नेबित्तिकै 'डाक्टरले मारे' भन्न मिल्छ? कुनै बिरामीको स्थिति जटिल बन्नेबित्तिकै दायाँबायाँ नहेरी सिधै डाक्टरको लापरबाही भन्न मिल्छ? यो 'लापरबाही' को राग र त्योसँंगै आउने सैतानी नाटकमा आफ्नै खुसीले सहभागी हुने वा जबर्जस्ती सहभागी हुन लगाइने पात्रहरु अनेक हुन्छन् :  मृतकका परिवारजन र आफन्त, मौका हेरेर बसेका 'सैतानका सिपाहीहरु', सेन्सेसनल न्युज दिन पाए पुग्ने अर्धजानकार 'स्वास्थ्य पत्रकारहरु', झन्झटमा फस्न नचाहने स्थानीय प्रशासन, अस्पताल प्रशासन, सम्बन्धित स्वास्थ्यकर्मी, दुराशयपूर्ण प्रतिस्पर्धी आदि।

मृतकको परिवार दुःखमा हुन्छन्। कसैकसैलाई मृत्यको अवश्यम्भाविता थाहा भइसकेको पनि हुन्छ। कोही कोही त मृत्युको कामना नै गरिरहकासमेत हुन्छन्। यो मृत्युको कामना कहिले करुणाबाट सिर्जित हुन्छ 'अब धेरै दुःख नपाऊन्' भनेर। कहिले झन्झट धेरै भयो, खर्च धेरै भयो भन्ने आशयले हुन पनि सक्छ। जो दुःखमा हुन्छन् उनीहरुको संवेदनशील मनस्थितिलाई अरुले सजिलै दुरुपयोग गरिदिन सक्छन्। हुँडारझैँं कुनै मृत्यु वा दुर्घटना पर्खेर बसेका दुराशयपूर्ण सैतानका सिपाहीहरुले परिवारजनको दुःखलाई हिंसात्मक मानसिकतामा परिणत गरिदिने र त्यसबाट सके  लाभ लिने, नभए पनि त्यो हिंंसात्मकताबाट मनोरञ्जन लिने चलनै जस्तो चलिसकेको छ बितेका दुई/तीन दशकदेखि।

डाक्टरहरु किन यति असुरक्षित हुन्छन्? यसका धेरै कारण होलान्। अनेक धर्मशास्त्रले 'पुर्खाको पाप' को कुरा गर्छन्। नेपालका राम्रै चिकित्सकले पनि बाजे पुस्ता, बाबु पुस्ताको पापको भारमात्र हैन, आफ्नै पुस्ताका खराब सहकर्मीहरुको पापको भार पनि बोक्नुपर्ने स्थिति देखापर्छ बेलाबेलामा। चिकित्सा शिक्षामा कुन विधिले कस्ता डाक्टर कुन उद्देश्यका निम्ति तयार गर्ने भन्ने कुरामा अझै अन्योल छ। त्यसले गर्दा उत्पादन हुने डाक्टरहरुमा थोरै खराब डाक्टर जन्मिएछन् भने पनि तिनको पापको भार अन्यले बोकिदिनुपर्ने हुन्छ। बजारीकरण र अस्वस्थ बजारी प्रतिस्पर्धाको प्रभाव पनि छँदैछ। युवा डाक्टरहरु आफ्नै पीडामा छन्। अनेक चुनौती सामना गर्दागर्दै पनि अन्य पेशाधर्मीको इर्ष्याभावको शिकार पनि हुने गरेका छन् ती। आफू काम गरिरहेको संंस्थाको व्यवस्थापनको शिकार हुनुपरेका कथा पनि कम छैनन्। प्रशासकहरुको अज्ञान र साँच्चैको स्वास्थ्य पत्रकारिताको अभावले सिर्जना गरेको समस्या त छँदैछ। डाक्टरलाई असुरक्षित बनाउने यी यावत् कुराको समाधानमा सबै सरोकारवालाको ध्यान अझै पनि पुग्न नसके, अनेकन् बालरोगका शिकार भइरहेको यो नयाँ गणतन्त्रले अझ धेरै संकट बेहोर्नुपर्नेछ। आशा गरौँं, यिनको समाधानतर्फ केही सार्थक पाइला अब चालिनेछन्।

प्रकाशित: १४ आश्विन २०७३ ०३:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App