coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बिवाहमा युवाबीच झडप: दुलही गम्भीर घाइते, १० जना पक्राउ

तेह्रथुम– फेदाप गाउँपालिका ३ जलजलेमा एक दर्जन बढी युवाहरुद्वारा लिम्बु रित अनुसार चारकलम पु¥याउन आएका पाँचथरका पाहुनालाई सामूहिक आक्रमण गर्दा बेहुलीसहित ३ जना घाइते भएका छन्। युवाको कुटपिटबाट २२ बर्षीया दुलही प्रतिक्षा सम्बाहाम्फे गम्भीर घाइते भएकी छिन् भने अन्य ३ जना पनि सामान्य घाइते भएका छन्। 

सोमबार राती बैबाहिक समारोह भैरहेका बेला गाउँले युवाले बेहुलीसँगै पाँचथरबाट बिबाहमा आएका पाहुनालाई सामूहिक आक्रमण गर्दा बेहुलीसहित अन्य ३ जना घाइते भएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक टेकबहादुर कार्कीले बताए। उनका अनुसार कुटपिटबाट बेहुली सम्बाहाम्फेको टाउकोमा गहिरो चोट लागेको छ। 

युवाको कुटपिटबाट गम्भीर घाइते प्रतिक्षाको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि जिल्ला बाहिर धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको र त्यहाँ समेत उपचार हुन नकसेपछि थप उपचारका लागि विराटनगर स्थित न्युरो अस्पताल तर्फ लगिएको बाजे मानध्वोज सम्बाहाङफले बताए।

जलजले बस्ने प्रतिक्षाको पा“चथरको फाल्गुनन्द गाउ“पालिका १ नबमीका २२ बर्षिय सचिन आङदेम्बेसंग केहि महिना अघि विबाह भएपछि लिम्बु परम्परा अनुसार माइती पक्ष चारकलम पुर्याउन माइत आएको बेला पाहुना र स्थानीय युवाबीच झगडा भएको थियो। सामान्य झगडापछि गाउँलेले सम्झाएर घर पठाएका युवाको समूह फेरि बेहुलीको घरमा आएर आक्रमण गर्दा बेहली प्रतिक्षासहित बेहुलीका दाजु देउमान सम्बाहाम्फे, स्थानीय सुमन खापुङ र टिकादेवी सम्बाहाम्फे घाइते भएका छन्।

प्रत्यक्षदर्शी घाइते प्रतिक्षाका बाजे मानध्वोजका अनुसार गाउँका केही युवाले पाहुनालाई दुर्ब्यबहार गर्न खोज्दा स्थानीयले सम्झाएर घर पठाएको एक घण्टा पछि एक दर्जनबढी युवाहरु घरेलु हातहतियार सहित आएर बिबाह भइरहेको घरमा आक्रमण गरेका थिए। बेहुलीसंग ससुराली आएका बेहुला आङदेम्बे भने सकुशल छन्। कुटपिटबाट घाइते बेहुलीका दाजु सम्बाहाम्फेलाई थप उपचारका लागि बिराटनगरतर्फ लगिएको र अन्य दुईको जिल्ला अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ। 
   
यसैबीच  कुटपिटमा संलग्न  १० जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सनम लिम्बु, मन्दीप लिम्बु, नबिन लिम्बु, सुजन लिम्बु, राजेश लिम्बु, सरोज लिम्बु, पुर्ण लिम्बु, सुदिप लिम्बु, दिनेश लिम्बु, खगेन्द्र लिम्बु रहेको प्रहरी नायब निरीक्षक कार्कीले जानकारी दिए। उनका अनुसार पक्राउ परेका सबै १४ बर्षदेखि २० बर्ष समूह उमेरका छन्। घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १० पुस २०७५ १४:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App