४ वैशाख २०८१ मंगलबार
अर्थ

अबको दुई महिनाभित्र नेपाल एयरलाइन्स जापानमा उड्ने

फाइल तस्बिर

काठमाडौं– नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अबको दुई महिनाभित्र जापानमा उडान सुरु गर्ने भएको छ। जापान सरकारले नेपालीसहित विदेशी कामदारलाई भित्र्याउने नीति लागु गरेकै बेला सरकारले राष्ट्रिय ध्वजावाहक विमान जापानमा उतार्ने तयारी थालेको हो। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले आगामी दुई महिनामा निगमका विमानले जापानसम्म उडान भर्ने जानकारी दिए। प्रतिनिधिसभा सार्वजनिक लेखा समिति मातहतको उपसमितिको मंगलवारको बैठकमा बोल्दै मन्त्री अधिकारीले अबको दुई वर्षभित्रमा वायुसेवा निगमलाई साझेदारको व्यवस्थासहित सबैले आशा जगाउने गरी ठिक बाटोमा हिँडाउने प्रतिबद्धता पनि जनाए।

उनले इयुको कालोसूची पनि छिट्टै हट्ने र नेपाल एयरलाइन्सले युरोपमा उडान भर्ने स्पष्ट पारे। 

जहाज बिग्रेको अवस्थामा बाहेक निगमका उडान ठिक समयमा हुने व्यवस्था मिलाइएको जानकारी गराउँदै उनले निःशुल्क रुपमा निगम कसैलाई पनि उपलब्ध नहुने व्यवस्थालाई कडाइ गरिएकाले एक वर्षभित्रमा आम्दानी र खर्चको सन्तुलन हुने दाबी गरे। 

प्रकाशित: १० पुस २०७५ १३:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App