७ वैशाख २०८१ शुक्रबार
राजनीति

अध्यक्षद्वयले प्रतिउत्तर दिने, गौतमको पुरक प्रतिवेदन 'पार्टीको सम्पत्ति'

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बुधवार बस्ने बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिउत्तर दिने भएका छन्। दुवै अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि नेता वामदेव गौतमले पुरक प्रतिवेदन पेश गरेपनि त्यसलाई ग्रहण नगरिने भएको छ। राससले जनाएअनुसार गौतमको प्रतिवेदनमा भएका सुझावलाई पार्टीको मूल्यवान् सम्पत्तिका रुपमा सुरक्षित गरिनेछ।

गत मङ्सिर २९ गतेदेखि शुरु भएको स्थायी कमिटी बैठकमा राजनीतिक प्रतिवेदन माथि ४६ सदस्यले बोलेका थिए। उनीहरुले पार्टी र सरकार सञ्चालनबारे टिप्पणी गरेका थिए। 

राजनीतिक प्रतिवेदनमा सरकारका उपलब्धि, पार्टीका काम, सचिवालयबाट अहिलेसम्म भएगरेका कार्य तथा निर्णयका साथै जिल्ला तथा जनसङ्गठनको एकतालगायत विषय समावेश गरिएका छन् ।

दुई अध्यक्षले प्रतिउत्तर दिएपछि ती राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित गर्ने कार्यक्रम रहेको नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए। बैठकमा पार्टी र सरकारका कार्य सम्पादनका बारेमा नेताहरुले मिश्रित धारणा राखेका थिए। अधिकांश नेताले पार्टी र सरकारमाथि विभिन्न शक्तिबाट आक्रमण भइरहेको अहिलेको समयमा आन्तरिक एकता सुदृढ गरेर जानुपर्नेमा सुझाव दिएको नेता श्रेष्ठले जानकारी दिए। रासस

प्रकाशित: १० पुस २०७५ १३:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App