७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

उत्तर कोरियासँग अमेरिकाले माग्याे ५ करोड डलर क्षतिपूर्ति

वासिङटन- अमेरिकी एक सङ्घीय अदालतले ओट्टो वाम्बियरका बाबुआमाले दायर गरेको हत्यासम्बन्धी मुद्दाको सुनुवाई गर्दै उत्तर कोरियासँग ५ करोड डलर क्षतिपूर्ति दिलाउन आदेश दिएको छ। अमेरिकी विद्यार्थी वाम्बियर उत्तर कोरियामा पक्राउ परेका थिए, तर मुक्त भएर घर फर्कनैबित्तिकै गत वर्ष उनको मृत्यु भएको थियो। 

अमेरिकी जिल्ला न्यायाधीश बेरिल हावेलले दिएको आदेशमा वाम्बियरको मृत्यु हुनुमा कोरिया नै दोषी देखिएको उल्लेख छ। वाम्बियरका बाबुआमाले उत्तर कोरियामा वाम्बियरलाई पक्राउ गरी चरम यातना दिइएको दाबी गर्दै आएका छन्। 

वाम्बियर भर्जिनिया विश्वविद्यालयका विद्यार्थी थिए। उनी घुम्नका लागि साथीहरुसँगै उत्तर कोरिया गएका थिए।  उत्तर कोरियाली अधिकारीहरुले प्रचार सामग्री चोरेको अभियोगमा मार्च २०१६ मा पक्राउ गरी वाम्बियरलाई १५ वर्षको जेल सजाय दिएका थिए। उत्तर कोरियाबाट अचेत (कोमा) अवस्थामा अमेरिका फर्किएलगत्तै उनको जुन २०१७ मा मृत्यु भएको थियो। 

५ दिनको उत्तर कोरिया भ्रमणमा जानुअघि वाम्बियरको स्वास्थ्य अवस्था राम्रो थियो। वाम्बियरको मृत्यु हुँदाताका अमेरिका र उत्तर कोरियाबीचको तनाब शिखरमा पुगेको थियो। खासगरी उत्तर कोरियाली आणविक तथा क्षेप्यास्त्र प्रणालीको विकासका कारण दुबै मुलुकबीच तनाबको अवस्था सिर्जना भएको थियो। 

अदालतबाट भएको आदेशले साङ्केतिक विजय मात्र भएको दर्शाउँछ किनभने उत्तर कोरियाले अदालतमा आफ्नो पक्ष राखेको छैन। अदालतको आदेश बमोजिमको क्षतिपूर्ति दिलाउन अहिल्यै सम्भव देखिन्न। तर अदालतको आदेशका कारण वाम्बियरका परिवारजनका लागि क्षतिपूर्ति रकम अमेरिकी सरकारबाटै प्राप्त गर्ने बाटो खुलेको छ। साथै, अदालतले तोकिए बमोजिमको रकम अन्य देशमा रहेका उत्तर कोरियाली बैंक खाताबाट जफत गर्न सकिनेछ। एपी

प्रकाशित: १० पुस २०७५ ११:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App