coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

५अंकले घट्यो नेप्से, काराेबार पनि खस्कियाे

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज मंगलबार ५.७१ अंकले घटेर ११ सय ८६.०३ कायम भएको नेप्सेले जनाएको छ।

आज कारोबार रकममा पनि केही कमी आएको छ। सोमबार करिब ७९ कराेड रुपैयाँको कारोबार भएकामा आज १६५ कम्पनीका १२ लाख ४१ हजार ८४३ कित्ता शेयरहरु ४२ करोड १३ लाख १६ हजार रुपैयाँमा किनबेच भएको नेप्सेले जनाएको छ।

समूहगत परिसूचक सबै ओरालो लागेका छन्। सबैभन्दा धेरै जीवन बिमा समूह २९ं३६ अंकले घटेको छ। जीवन बिमा समूह २४ अंकले ओरालो लागेको छ भने होटल समूहको सूचकमा २१.५ अंकले कमी आएको छ।

मंगलबार सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट बैंकका सबैभन्दा धेरै ६ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने सोही बैंकका प्रवद्र्धक शेयर ५ करोड १९ लाख रुपैयाँको खरिद विक्री भएको नेप्सेले जनाएको छ। एनएमबी बैंकका २ करोड ३१ लाख रुपैयाँको शेयर खरिदविक्री भएका छन्।  
 
 

प्रकाशित: १० पुस २०७५ ०९:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App