समर्थन फिर्ता लिने चेतावनीपछि ओलीले भने : मधेशको समस्या समाधान गर्छौं

मङ्गलबार, १० पुष २०७५, १४ : ३९ नागरिक

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशका समस्या सम्बोधन गर्न सरकार तयार रहेको बताएका छन्। सत्ता समर्थक राष्ट्रिय जनता पार्टी(राजपा)का प्रतिनिधिहरुसँगको छलफलमा ओलीले उनीहरुका मागबारे अध्ययन गर्न सात दिनको समय मागेको छलफलमा सहभागी राजपाका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिए।

वर्तमान संविधानका विभिन्न प्रावधानले मधेशमा विभेद गरिरहेको दाबी गर्दै आएको राजपाले सुरुदेखि नै विभिन्न फोरममा संविधान संशाेधनको माग गर्दै आएको छ। आजको छलफलमा प्रधानमन्त्री ओलीले संशोधनलगायतका विभिन्न विषयमा आवश्यक परामर्श तथा तयारीका लागि एक साताको समय मागेको जानकारी उनले दिए। यादवका अनुसार प्रधानमन्त्री ओलीले राजपाका मागप्रति सरकार सकारात्मक रहेको र मधेशका मुद्दामा आफूपनि सचेत रहेको धारणा राखेका थिए।

राजपाका अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतो, सदस्यहरु महन्थ ठाकुर सरदसिंह भण्डारीलगायत छलफलमा सहभागी थिए। राजपाले नेताहरुले आफ्ना कार्यकर्ता विरुद्धका मुद्दा फिर्ता, रेशम चौधरीको सपथ गराउनुपर्ने लगायतका माग राखेका थिए।

आफ्ना माग पुरा नभए सरकारलाई दिएको समर्थन फिर्ता गर्ने चेतावनी राजपाले दिँदै आएको छ।  संविधान संसोधनमा दवाव दिन उनीहरुले दसैं अघि नै प्रम ओलीलाई भेटेर छटपर्वसम्मको समयसीमा दिएको थियो।

संसद सुरु हुनु एक दिन पहिले आज ओलीले राजपाका अध्यक्षमण्डलका नेताहरुलाई छलफलका लागि बालुवाटार बोलाएका थिए। 





यसमा तपाईको मत

अन्य समाचार

मोटरसाइकलको हेरचाह कसरी गर्ने ?

मोटरसाइकलको हेरचाह कसरी गर्ने ?

मोटरसाइकलको हेरचाह गर्ने तरिका ! ...

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ? ...

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोन डिस्प्लेलाई भाइरस र किटाणु मुक्त बनाउनुहोस् ! ...

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

Ncell Footer Ad