coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इन्डोनेसियामा पुनः सुनामी आउने चेतावनी

जकार्ता – नयाँ सुनामी आउनसक्ने भन्दै इन्डोनेसियाको अनाक क्राकाटाओ ज्वालामुखी नजिकका तटीय क्षेत्रमा बस्ने वासिन्दालाई तटबाट परै रहन आग्रह गरिएको छ। 

शनिबार अनाक क्राकाटाओ ज्वालामुखी विस्फोटन भई भूकम्प जाँदा इन्डोनेसियाको तटीय सहर सुमात्रा र जाभामा आएको सुनामीका कारण कम्तीमा दुई सय ८१ जनाको मृत्यु हुनुका साथै एक हजार १६ जना घाइते भएका थिए।

ज्वालामुखीका कारण समुद्रमुनि भूकम्प गएका कारण सुनामी गएको हुनसक्ने अनुमान गरिएको छ। अनाक क्राकाटाओ आइतबार पुनः विस्फोट भई त्यसबाट खरानी र धुँवा निस्किन थालेपछि नजिकैका तटीय क्षेत्रमा बस्ने वासिन्दालाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको हो।

सुमात्रा र जाभा टापुको बीचमा पर्ने सुन्दा स्ट्रेटमा भएको ज्वालामुखी विस्फोटनको म्याग्निच्युड चार्टर गरिएको एउटा विमानबाट लिइएको भिडियो सटमा मापन गरिएको छ। सडक अवरुद्ध भएकाले शनिबार गएको सुनामीमा परेका मानिसको उद्धार प्रयास सार्थक हुन नसकिरहेको इन्डोनेसियाली अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। यद्यपि सुनामीले सबैभन्दा धेरै प्रभाव पारेको क्षेत्रमा उद्दार र खोजी गर्नका लागि सरकारले ठूला उपकरण पठाएको बताइएको छ। 

आइतबार पुनः अनाक क्राकाटाओ ज्वालामुखी विस्फोटन भएर धुँवा र खरानी निस्कन थालेपछि इन्डोनेसियाको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायले पत्रकार सम्मेलन गरी सो क्षेत्र आसपासमा बस्ने स्थानीयवासीलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरेको हो। राष्ट्रिय प्रकोप व्यवस्थापन निकायका प्रवक्ता सुतोपो पुर्वो नुग्रोहोले पत्रकार सम्मलेनमा अनाक क्राकाटाओ पुनः विस्फोटन भएकाले सुनामी आउन सक्ने सम्भावना रहेको बताए। 

‘तटीय क्षेत्रमा गतिविधि नगर्न र तटबाट केही समयका लागि परै रहन आग्रह गर्दछौं,’ पत्रकार सम्मेलनमा प्रवक्ता नुग्रोहोले बताए। 

प्रकाशित: १० पुस २०७५ ०५:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App