१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संविधान संशोधन लगायतका विषयमा राजपाको प्रधानमन्त्रीसँग छलफल

काठमाडौं- वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने निष्कर्षमा पुगेका राष्ट्रीय जनता पार्टी नेपाल (राजपा) का अध्यक्ष मण्डल लाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार बोलाएका छन्। संविधान संशोधन सहित विभिन्न माग राखि नेकपा नेतृत्वको सरकारलाई राजपा नेपालले मुद्दाको आधारमा‌ बाहिरबाट समर्थन गरि रहेको छ।

तर, सरकार गठन भएको एक वर्ष हुनै लाग्दा पनि अहिलेसम्म कुनै माग प्रति सरकारले चासो लिएको छैन। दुई तिहाई बहुमतले बनेको सरकारले आफूहरूको माग बेवास्ता गर्ने नीति अख्तियार गरेको कुरा बुझे पछि सरकारलाई दिंदै आएको समर्थन फिर्ता लिने निष्कर्षमा पुगेको राजपाका शीर्ष नेताहरू बताउँछन्।

आजको बैठकबारे पुष्टि गर्दै राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले प्रधानमन्त्रीले छलफल गर्न बोलाएको भन्दै राजपा अध्यक्ष मण्डलका सबैजना आज बालुवाटार जान लागेको बताए। प्रधानमन्त्रीसंगको भेटघाट लगत्तै आज १ बजे पार्टी मुख्यालयमा‌ अध्यक्ष मण्डलको बैठक समेत बस्ने महतोले जानकारी गराएका छन्।

प्रकाशित: १० पुस २०७५ ०४:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App