८ वैशाख २०८१ शनिबार
कला

त्रिशुलडाँंडामा नालापानीको लडाइँ

छायांकनरत फिल्म ‘नालापानी’को एक दृश्य। तस्बिर : नागरिक

भक्तपुर - भक्तपुरको त्रिशुलडाँंडामा नालापानीको युद्ध चलको छ। भक्तपुरको चाँंगुनारायण नगरपालिका छालिङको डाँंडामा वीर गोर्खाली (नेपाली) सैनिक र ब्रिटिष्ट इष्ट इन्डिया कम्पनीका सैनिकहरूबीच युद्ध चलेको हो। नेपालीको वीरताको इतिहास ‘नालापानी’ को युद्धको कथामा आधारित फिल्म ‘नालापानी’ को छायांकन त्रिशुलडाँडामा चलिरहेको छ। सुटिङको क्रममा दुईपक्षबीच त्यहाँं लडाइँको अभियान चलिरहेको हो। तीन चारदिनदेखि चलिरहेको सुटिङ  अझै १० देखि १२ दिनसम्म चल्ने जनाइएको छ। 

निर्देशक रिमेश अधिकारीका अनुसार फिल्मको छायांकन सम्पन्न भएर सम्पादन भई टिजरसमेत सार्वजनिक भइसकेको छ। तर फिल्मलाई अझै उत्कृष्ट बनाउनका लागि थप केही दृश्यहरूको छायांकन र खिचिसकेकोलाई पनि पुनः छायांकन गरिएको छ। छायांकनको क्रममा दैनिक दुई चार सय कलाकारहरू जम्मा भइरहेका छन्। कलाकारहरूको भीडले त्यहाँंका डाँंडाकाँंडाहरू भरिएका छन्। पहाडको टुप्पोबाट ढुंगा खसाल्दै भाला, खुकरी, बन्दुक, टोपसहितको हतियारबाट ब्रिटिश सैनिकविरुद्ध वीरतापूर्वक नेपाली सैनिक आक्रमणका लागि कुदेको रोमाञ्चक दृश्यको छायांकन अहिले त्यहाँं चलिरहेको हो। 

फिल्मको रिलिज नयाँं वर्ष २०७६ मा गर्ने योजना रहेको निर्देशक अधिकारीले सुनाए। फिल्मको पहिलो छांयाकन २०७४ चैत १३ गतेबाट ललितपुरको चोभारबाट सुरु गरिएको थियो। फिल्मको छायांकन भक्तपुरको त्रिशुलडाँंडासहित ललितपुरको बज्रबाराही, चितवनको उपरदाङगढी, चोभारको श्रीकाली चौर, बुढानिलकण्डको नारायणथान, सौराहा चितवनमा गरिएको छ।

सन् १८१४ मा बृटिसहरूले इष्ट इन्डिया कम्पनीको नामबाट भारतमा शासन गरिराखेको र त्यहीबेला नेपालमा आँंखा गाडेर भारतलाई जस्तै नेपाललाई पनि कब्जा गर्न पाँंच ठाउँंबाट युद्ध प्रारम्भ गरेको घटनाका परिदृष्यहरू फिल्ममा समावेश छन्।

फिल्मका निर्माता मनोज शाक्य हुन्। फिल्ममा विपिन मल्लको सम्पादन, बसन्त घर्तीमगर र अच्यूत गजुरेलको भीएफएक्स, कविराज गहतराजको कोरियोग्राफी, रोशन श्रेष्ठको एक्सन छ। निर्देशक अधिकारी र कृष्ण आचार्यले यो फिल्मको स्क्रीप्ट तयार पारेका हुन्।

फिल्मले नालापानीको युद्धमा नेपालीहरूले देखाएको वीरताको कथालाई उठान गरेको छ। ब्रिटिस र नेपालीबीचको लडाइँ र त्यसमा नेपालीको वीरताको कथालाई फिल्ममा समेटिएको छ। फिल्ममा अर्जुनजंग शाही, सन्तोष पन्त, देशभक्त खनाल, पूजना प्रधान, मनोज शाक्य, विशाल पहाडी, विजय विस्फोट, हिक्मत थपलिया, जनक वडतौला, गीता अधिकारी, सुस्मा भट्टराई, गीता विष्ट, देव गुरुङ, लक्ष्मीनाथ तिमल्सिना, उपेन्द्र बजगाइँ, दयाराम दाहाललगायतका कलाकारहरूको अभिनय छ।

यो फिल्म आजभन्दा दुई सय पाँंच वर्ष अगाडि सन् १८१४ लाई लिएर बनाइएको ऐतिहासिक दस्तावेज हुने निर्माण पक्षले जनाएको छ। देश रक्षार्थ नेपाली सेना र नेपालीहरूले बृटिस साम्राज्यसँंग वीरतापूर्वक लडेको वीरगाथा फिल्ममा समेटिएका छन्। जुन युद्धलाई संसारले अलौकिक युद्ध भनी वीर नेपालीको प्रशंशा गरिएको थियो। सन् १८१४ मा बृटिसहरूले इष्ट इन्डिया कम्पनीको नामबाट भारतमा शासन गरिराखेको र त्यहीबेला नेपालमा आँंखा गाडेर भारतलाई जस्तै नेपाललाई पनि कब्जा गर्न पाँंच ठाउँंबाट युद्ध प्रारम्भ गरेको घटनाका परिदृष्यहरू फिल्ममा समावेश छन्। पूूर्वमा टिष्टा, गोरखपुर, कुमाउ गदवाल, पहिलाको नेपाली भूमि हाल भारतको देहरादुनको नालापानीमा वीरतापूर्वक नेपालीहरूले युद्ध गरेको र त्यसमध्ये नालापानीको युद्धमा केन्द्रित भएर फिल्म बनेको हो।  

फिल्ममा नेपाली सेनाको पनि अभिनय छ। सम्भबत यति धेरै कलाकारहरू भएको यो पहिलो नेपाली फिल्म हो। लगानीका हिसावले पनि यो सम्भवत नेपालकै अहिलेसममकै ठूलो लगानी छ। पदमकुमारी फिल्सको व्यानरमा फिल्म बनिरहेको हो। यसअघि नेपालमा सीमा सम्बन्धी विषयलाई लिएर फिल्म ‘सिमारेखा’ तयार भई प्रदर्शनीसमेत भइसकको छ। 

प्रकाशित: १० पुस २०७५ ०३:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App