coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

फाल्गुनन्द गोल्डकपको तयारी तीव्र

दशौँ फाल्गुनन्द गोल्डकपका लागि अस्थायी प्याराफिट बनाइँदै । तस्बिरः गिरिराज/नागरिक

पाँचथर – अखिल नेपाल फुटबल संघ (एन्फा)को क्यालेण्डरमा रहेको पूर्वी पहाडको प्रतिष्ठित फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको दशौँ सस्करणको तयारी तीव्रताका साथ अघि बढेको छ।

पुष २१ देखि फिदिममा हुने गोल्डकपका लागि खेलमैदान व्यवस्थापन, अस्थायी प्याराफिट निर्माण तथा आर्थिक व्यवस्थानको काममा जुटिरहेको आयोजकले जानकारी दिएको छ। प्रतियोगिता फिदिम स्पाेटिङ क्लब र पाँचथर फुटबल संघले सयुक्त रुपमा आयोजना गर्दैछन्।

प्रतियोगितामा ‘ए’ डिभिजनका पाँच र प्रदेश १ का विभिन्न जिल्लाका पाँच टिमको सहभागिता रहने फुटबल संघ पाँचथरका अध्यक्ष सुजन नेम्बाङले जानकारी दिए। प्रतियोगितामा आयोजक फिदिम स्पोर्टिङ क्लब, त्रिभुवन आर्मी, एपिएएफ, हिमालयन शेर्पा, जावलाखेल युथ क्लब, डिवाईन ब्वाइज युनियन, सुनसरी–११, झापा–११ र  कर्णसिंह सोनाम मेमोरीयल क्लब ताप्लेजुङको सहभागिता रहने छ।

प्रतियोगितालाई सफल बनाउनका तयारीलाई तीव्र बनाइएको स्पाेटिङ क्लबका अध्यक्ष विमल श्रेष्ठले जानकारी दिए। उनका अनुसार ५२ लाख रुपैयाँ खर्चिएर प्रतियोगिता सम्पन्न गर्ने तयारी गरिएको छ। मुख्य प्रयोजक भने रुस्लान रहेको छ। एकदशक यता महागुरु फाल्गुनन्दको नाममा यो प्रतियोगिता हुँदै आएको छ।

वर्षेनी पुरस्कार राशिमा बढोत्तरी हुँदै आएको छ।  दशौँ संस्करणको प्रतियोगितको उपाधि जित्ने टिमले ४ लाख नगद र ट्रफि पाउने छ।  उपविजेता टिमले भने २ लाख र ट्रफि पाउने छ। प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले मोटरसाइकल पाउने छ भने ‘लाइफ टाइम एचिभमेन्ट’ अवार्ड समेत प्रदान गरिने बताइएको छ। 

प्रकाशित: १० पुस २०७५ ०३:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App